शर्मिला बिसुन्के, रामेछाप।
रामेछापः बृहत् रामेछाप महोत्सव २०८० मा आज चर्चित कलाकारहरु आउने भएका छन् । माघ ११ सम्म सञ्चालन हुने महोत्सवमा आज बहुचर्चित गायिक सरोज लामिछाने, मोडल तथा डान्सर करिष्मा ढकाल, लोकप्रीय गायक रामकुमार कार्की लाक्पा शेर्पा, गायक सन्तोष बस्नेत, गायिका बबिना किराती लगायतका आउने आयोजक रामेछाप उद्योग वाणिज्य संघ मन्थली रामेछापले जानकारी दिएको छ । ६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वृहत् महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।