Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल युवा परिषद्ले जुराएको चितवन: स्मृति पराजुली

दोभानचौर खबर by दोभानचौर खबर
February 7, 2024
in बाग्मती प्रदेश
0
नेपाल युवा परिषद्ले जुराएको चितवन: स्मृति पराजुली
62
SHARES
145
VIEWS
Share on FacebookShare on Twitter

सायद सबैलाई हुँदो हो,जाडो मौसममा घामको स्पर्श प्रिय व्यक्तिको स्पर्श जस्तै मुलायम। घामको त्यही मुलायम स्पर्शले पिठ्यूँलाई सुस्त सुस्त मुसारिरहेकै थियो। गोजीबाट मोबाइल झिकेर समयलाई अलिकति पर हुत्याउने जमर्को गरें-फेस्बुकको सहारामा।हत्तपत्त एक पोस्टमा नजर पर्यो। त्यहाँ सन्दर्भ थियो-‘प्रदेश युवा सम्मेलन’को। जहाँ बीचको रातो बक्समा सेतो अक्षरले लेखिएको थियो-फाराम भर्ने अन्तिम मिति-‘१ माघ, २०८०।’

आफूलाई चासो लागेको बिषय भएर होला, उक्त सूचना पाउनेबित्तिकै मेरा औंलाहरु मोबाइलको ‘हाम्रो पात्रो’ एप्लिकेशन थिच्न पुगिहाले। ‘ओ! आजै पो!’ मन आफैसँग हतारिएझैं भयो। विस्तृत जानकारी लिएँ उक्त सम्मेलन बारे। बागमती प्रदेशको १३ जिल्लाबाट १८५ जना युवाहरुको सम्मेलन चितवनको माडीमा आयोजना हुन लागेको रहेछ।जहाँ दिगो विकास, चुनावमा युवा, युवा उद्धमशिलता, सुसासन, जलवायु सम्बन्धित कार्य, दिगो पर्यटन विकास लगायतका विषयहरु समाबेश गरिएको रहेछ। विगत ६ बर्षदेखि ‘दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपाल’ मार्फत युवा, वातावरण र दिगो बिकासकै क्षेत्रमा कार्यरत थिएँ म पनि।त्यसैले पनि उक्त सूचनासँग मेरो आकर्षक खास थियो। मेरो उत्सुकतालाई थुम्थुम्याउँदै फाराम भरें मैले पनि।

‘तपाईं प्रदेश युवा सम्मेलनमा छनोट हुनुभएको छ।’ केही दिन पछि पाएको यो मेसेजले मेरो मन खुसी भयो।त्यति खुसी, जति खुसी आफूले रोजेको चीज पाएको बखत मिल्छ। मेरो खुसीको आयतन अझ ठूलो भयो थप जानकारीले। जसअनुसार म काभ्रे जिल्लाभरिकै १० जना युवाहरुमा छनोट भएको रहेछु।

मनभरि कौतूहलता, जिम्मेवारी, कल्पनाशीलताको संयुक्त हुरी चल्ने रोकिने क्रम छँदै थियो। त्यही मनको हुरीलाई बिसाउन हामी
काठमाडौं बाट बस चढ्यौँ-२०८० माघ १२ गतेका दिन। बसभरि पनि घरी बसभन्दा गह्रौं हुन्थ्यो मन।घरी कपासझैँ हलुका भएर प्रकृतिको सुन्दरतासँगैँ उड्थ्यो मन।मन उड्ने गह्रौं हुने यो क्रम करिब ६ घन्टासम्म रह्यो, बसको यात्राभरि।करिब १४० कि.मी दुरी पूरा गर्दै हामी १२:१५ बजेको आसपासमा चौबीसकोटी पुग्यौँ।हामीलाई यात्राभरि साथ दिने त्यो बसको साथ त्यहीँसम्म थियो।अर्को गाडीले हामीलाई लिएर माडितिर दौडियो सररर।निकुञ्ज भित्रको त्यो यात्रा विशेष र आनन्ददायी थियो।प्राकृतिक छटाले भरिपूर्ण मात्र थिएन परिदृष्य, त्यहाँबाट देखिने बन्यजन्तुको हरकत अझ खास थियो। सेरुवासम्मको यात्री बनेको उक्त गाडीले दुई घन्टाको बाटो छिमलेको पत्तै भएन हामीलाई।रमाइलोमा धेरै कुराहरु भुलिँदो रहेछ। पुग्नुपर्ने गन्तब्यको गजसमेत।

हामी सेरुवामा ओर्लियौँ।त्यहाँ ओर्लेपछि हामी थप १५ मिनेट हिँडेर गन्तब्यमा पुग्यौँ।जहाँ बोर्डमा लेखिएको थियो ‘बोटे सामुदायिक होमस्टेमा यहाँहरुलाई हार्दिक स्वागत छ।’ स्वागत, बिदाई शब्दहरु आफैँमा विशेष लाग्छन् मलाई।लाग्यो त्यहाँ पनि।मनमा खुसी चुली भयो।मनले गह्रौँ भारी बिसाउने चौतारी पाएझैँ भयो। समथर जमिन, जताततै हरियाली, साना खरले छाएका घरहरु।साँच्चै नै सौन्दर्यताले धपक्क बलेको थियो-बोटे। बोटेको उक्त सौन्दर्यताले मनको थकान एक्कैछिनमा कता बिलय भयो पत्तै भएन। बोटे समुदायको ‘कल्चर भवन’मा भेला भएर हामी ३ जनाको समूह होमस्टे नम्बर १० तर्फ लाग्यौँ ।

रिता बोट दिदीमार्फत स्वागत पाइहाल्यौँ, चियाको।त्यो स्वागत अझ खास थियो हाम्रो लागि। एकैछिन आराम गरेर बेलुकीपख भने होमस्टेकै बहिनीको साथमा नजिकैका पर्यटकीय स्थलहरु घुम्न निस्कियौँ हामी । गोद्धकनाथ मन्दिर, पाँच पाण्डवको जन्मस्थलमा निर्मित भिमसेन मन्दिर, पाण्डवले खनेको इनार जस्ता पुरातात्त्विक र इतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलहरुको भ्रमण सोचेभन्दा यादगार रह्यो।

तीन दिनको होमस्टे बसाइमा हामीले धेरै कुराहरु सिक्ने, बुझ्ने अनि अनुभव गर्ने अवसर पायौँ । अर्कोतर्फ प्रदेश युवा सम्मेलनमा पनि उस्तै नयाँ साथीहरुसँगको सहकार्य, प्रेरणादायी व्यक्तिहरुको मन्तव्य र जीवनकहानी, उहाँहरुले दिनुभएको साथ, प्रेरणा र मार्गदर्शन इत्यादिबाट धेरै कुराहरु सिक्नुको साथै हाम्रा आवाज, हाम्रो बिचार प्रदेश स्तरमा राख्ने अवसर पनि पायौँ हामीले। भनिन्छ नि पढेर भन्दा परेर धेर बुझिन्छ।साँच्चै हामीले किताबी ज्ञानभन्दा फरक, प्रत्यक्ष अनुभव गरेर बुझ्ने र सिक्ने अवसर पायौँ, प्रदेश्स युवा सम्मेलनमार्फत। यो कार्यक्रम आयोजना गर्न भुमिका खेल्नुहुने सम्पुर्ण महानुभावहरु र होमस्टेमा सहज र रमणीय बसाईमा योगदान पुर्याउनुहुने सम्पूर्णलाई आभार प्रकट गरेरै सक्दिन झैँ भयो मलाई।केही केही यात्राहरु त्यस्ता यादगार हुने रहेछन्, जो मीठो स्मृती बनेर मनभरी खुसीको, आनन्दको न्यानोपन बाँडिरहने रहेछन्। चितवनको यो यात्रा त्यस्तै यादगार रह्यो।

Previous Post

एमाले प्रवेश पछि पुर्ब मेयर बस्नेतलाई दियो मन्थली नगरपालिकाले मञ्च

Next Post

जिल्ला अस्पताल रामेछापको शैया बिरामीले भरिभराउ

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
जिल्ला अस्पताल रामेछापको शैया बिरामीले भरिभराउ

जिल्ला अस्पताल रामेछापको शैया बिरामीले भरिभराउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार