Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जिल्ला अस्पताल रामेछापको शैया बिरामीले भरिभराउ

दोभानचौर खबर by दोभानचौर खबर
February 12, 2024
in समाचार
0
जिल्ला अस्पताल रामेछापको शैया बिरामीले भरिभराउ
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter


रामेछापः केही दिनदेखि जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएका छन् । ४ दिनदेखि अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नु भयो“१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”, । बिरामीहरू थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताउनुभयो । अहिले अस्पतालमा ज्वरो,निमोनिया र दमका बिरामीहरू धेरै बढेको उहाँले बताउनुभयो । ओपिडीमा पनि दैनिक एक सयको हाराहारीमा बिरामीहरू उपचारको लागी आउने गरेका छन् ।
सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि निजी अस्पताल र क्लिनिकमा जाने क्रम बढ्दो छ तर जिल्ला अस्पताल रामेछापले पछिल्लो समय बिरामीको मन जित्ने गरी काम गर्न थालेको हो । अस्पतालले सेवाहरू थप गरेसँग बिरामी भएर काठमाडौँ जानुपर्ने बाध्यता हटेको रामेछाप नगरपालिका ७ का शिव बस्नेतले बताउनुभयो । “हामी सामान्य बिरामी हुँदा पनि राजधानीको अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । अहिले सबै सेवा यही उपलब्ध छ,सहज रूपमा जिल्लाकै अस्पतालमा सेवा पाउँदा खुसी लागेको छ,”उनले भने । रामेछाप नगरपालिका ८ की शान्ति तामाङले बच्चालाई निमोनिया भएर अस्पताल भर्ना गरेकी छन् । ४ दिनदेखि आफ्नो बच्चालाई अस्पताल भर्ना गरिएको बताउँदै उनले अस्पतालका चिकित्सकहरूको राम्रो व्यवहार र गुणस्तरीय सेवाले नै अस्पताल प्रति विश्वास बढ्दै गएको बताइन् ।
पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल रामेछापमा सेवाग्राही बढ्न थालेका छन् । भौतिक संरचना र उपकरणका साथमा विभिन्न विशेषज्ञ सेवा पनि थप भएसँगै अस्पतालको सेवा राम्रो भइरहेको रामेछाप नगरपालिका ७ का विष्णु महताराले बताए । उनका अनुसार अस्पतालप्रति नागरिकहरूको विश्वास बढ्दै गएको छ ।
अस्पतालमा आकस्मिक प्रसूतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखि प्रसूति सेवा लिनेको संख्या समेत बढेको छ । ३ वर्ष अघिको तुलनामा अहिले प्रसूति सेवा लिनेको संख्या दोब्बरले बढेको अस्पतालका प्रसूति रोग विशेषज्ञ डाक्टर मनोज यादवले बताए । उनले भने,“१ सय भन्दा बढी महिलाहरूको शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ । सबै शल्यक्रियाहरू सफल भएका छन् । शल्यक्रिया गरिएका सबै आमा र बच्चाको अवस्था राम्रो छ । यो हाम्रो ठुलो सफलता हो ।”जिल्ला अस्पताल रामेछापमा अहिले आइसियु,भेन्टिलेटर,कल्चर सेवा,जनरल ओपिडीका साथै प्रसूति शल्यक्रिया, अक्सिजनसहितको स्वास्थ्य सेवा, डाइलसिसका साथै हर्नियाँ, हाइड्रोसिल, दाँत र आँखाको उपचार सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध छन् । अस्पतालले जनरल शैया समेत निःशुल्क गरेको छ । अहिले १५ शैयाको रहेको यो अस्पताललाई बाग्मती प्रदेश सरकारले ५० शैयाको बनाउने निर्णय समेत गरेको छ । अस्पताल ५० शैयाको हुने बित्तिकै अस्पतालले अन्य सेवाहरू थप गर्ने जनाएको छ ।

Previous Post

नेपाल युवा परिषद्ले जुराएको चितवन: स्मृति पराजुली

Next Post

क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार