नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमाले भएपछि मन्थली नगरपालिकाका पुर्ब मेयर रमेश बस्नेतलाई मन्थली नगरपालिकाले मञ्च दिएको छ।
मन्थली नगरपालिकाको दोस्रो नगरकप उदघाटन समारोहमा सम्बोधन गर्दै पुर्ब मेयर बस्नेतले मेयरकप हटाइएकोमा चिन्ता व्यक्त गरेका छन। मेयर सदैव एउटा हुँदैन आज सातौं मेयरकप हुनुपर्नेमा दोस्रो नगरकप भएको छ। अर्को पटक अर्को मेयर हुन्छन् अनि नाम परिवर्तन गरेर सुरु गर्दा तपाइलाई कस्तो लाग्छ प्रश्न समेत गरेका छन।
मन्थली नगरपालिकाले पहिलोपटक मञ्च दिएको हो सदैब दर्शकदिर्घमा बस्थे यो पहिलो पटक हो सबै खेलाडीलाई धन्यवाद र खेल अनुशासित र मर्यादित साथ सम्पन्न होस भनी सफलताको शुभकामना ब्यक्त गरे पुर्ब मेयर बस्नेतले।
कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, सिडियो, डिएसपी, नेकपा एमाले र माओवादी केन्द्रका नगर पाटी प्रतिनिधि उपस्थिति रहेका थिए भने नेपाली कांग्रेस नगर प्रतिनिधिको उपस्थिति थिएनन्। कार्यक्रमको बारेमा हामीलाई कुनै खबर भएन किन नगरले हामीलाई बोलाएन थाहा छैन नेपाली कांग्रेस मन्थली नगर सचीव रमेश काफ्लेले दोभानचौर खबरलाई बताएका छन। हामी बिरोध गर्दैनौं तर बोलाएको भए शुभकामना ब्यक्त गर्न उपस्तिथि हुन्थ्यो सचिब काफ्लेले बताएका हुन।