रामेछापमा खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । रामेछाप नगरपालिकाका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखसे पोखरीमा आज शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उहाँलाई जिल्ला अस्पताल पुर्याठइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त हुनुभएका श्रेष्ठलाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो । सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । कार्कीको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उनको अवस्था सामान्य छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।