Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेदरल्यान्ड्समाथि बलर हाबी हुँदा नेपालको सहज जित

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2024
in खेलकुद खबर, समाचार
0
नेदरल्यान्ड्समाथि बलर हाबी हुँदा नेपालको सहज जित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको जारी त्रिकोणीय सिरिजको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

लिग चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको हो । आजको जितमा नेपाली बलरहरू नायक रहे। टस जितेर ब्याटिङको निर्णय गरेको नेदरल्यान्ड्समाथि नेपाली बलरहरू सुरुवातदेखि नै हाबी बने।

नेपालका तर्फबाट पहिलो ओभर बलिङमा आएका करन केसीले पहिलो ओभरमै नेदरल्यान्ड्सलाई दोहोरो झट्का दिएर ब्याकफूटमा धकेलेका थिए। उनले ओभरको चौथो बलमा माइकल लेभित र अन्तिम बलमा सिब्रन्ड एन्गेल्ब्रेच्टको विकेट लिए।

त्यसपछि नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र फ्याक्स ओडाउडले ८ ओभरसम्म सम्हालिएर खेलेका थिए। त्यसक्रममा उनीहरूले अर्धशतकीय साझेदारी गरे।

नवौं ओभर बलिङमा आएका प्रतिश जिसीले फेरी घातक रुप देखाए। उनले कप्तान एडवार्ड र ओडाउट दुबैलाई बोल्ड गरेर पेभेलियन फर्काइदिए।

१० औं ओभरमा कुशल मल्लले पनि नोह क्रोज र आर्यन दत्तको विकेट लिएर नेदरल्यान्ड्सलाई दोहोरो झट्का दिएपछि नेदरल्यान्ड्स सम्हालिन सकेन्।

त्यसपछि १५ औ ओभरमा प्रतिशले, १८ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट निकाले निकाल्दा नेदरल्यान्ड्सका आठ विकेट पेभेलियन फकिए। अन्तिम दुई विकेट भने रनआउट भए। यसरी नेदरल्यान्ड्स १९ ओभर ३ बलमा अलआउट हुँदै १२० रनमा रोकियो। जसमा नेपालका बलरहरूमा प्रतिशले तीन, करन र कुशलले दुई/दुई, दीपेन्द्रले एक विकेट लिए।

नेदरल्यान्ड्सका तर्फबाट ओडाउटले ३१, भान डर गगटनले २४, भान डर मेर्वेले २३ कप्तान स्कट एडवार्डले १८ रनको बनाए।

१२१ रनको लक्ष्य लिई जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीले दुई विकेटको क्षतिमा २८ बल बाँकी रहँदै जित हात पार्‍यो। ब्याटिङमा नेपालका कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन, गुल्शन झाले ३६ बलमा ३८ रन, कुशल भुर्तेलले ८ बलमा १२ र आशिफ शेखले ८ बलमा ८ रनको योगदान दिए। नेदरल्यान्ड्सका भिभियन किंग्माले तीन र आर्यन दत्तले एक विकेट लिए। 

यो जितसँगै अंकतालिकामा नेपालको ४ अंक पुगेको छ। यसअघि दुई जित हात पारेको नेदरल्यान्ड्सको पनि समान ४ अंक छ।

एक खेल नेपालसँग जितेको नामिबियाको २ अंक छ। भोलि नामिबिया र नेदरल्यान्ड्सबीचको खेलले फाइनल खेल्ने दुई टिमको तय गर्नेछ। भोलिको खेलमा नेदरल्यान्ड्स जिते नेदरल्यान्ड्स र नेपालबीच फाइनल हुनेछ भने, नामिबिया जिते तीनवटै टिमको ४/४ अंक हुँदा नेटरनरेटका आधारमा फाइनलिस्ट चयन हुनेछन्।

Previous Post

बुद्धको ज्ञान देशव्यापी फैलाउन जागरण अभियान सञ्चालन गर्नुपर्छ: प्रधानमन्त्री

Next Post

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब सुरुवात

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 
समाचार

चिकित्सा शिक्षा आयोगको बैठक : आवासीय चिकित्सकको आन्दोलन फिर्ता गर्न आग्रह 

April 28, 2025
Next Post
साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब सुरुवात

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब सुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार