Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज महाशिवरात्री पर्व, भगवान् शिवको पूजा आराधना गरी मनाइँदै

दोभानचौर खबर by दोभानचौर खबर
March 8, 2024
in समाचार
0
आज महाशिवरात्री पर्व, भगवान् शिवको पूजा आराधना गरी मनाइँदै
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के,रामेछाप।

आज महाशिवरात्री पर्व, भगवान् शिवको पूजा-आराधना गरी मनाइँदैछ । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी देशभर मनाउन लागिएको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् । महाशिवरात्रिका अवसरमा काठमाडौँको पशुपनतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्र उल्सासमय भएको छ । पशुपति परिसर तथा वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवं भक्तजनको भीड छ । साधुसन्त एवं भक्तजनहरुको भीड लागेको छ । पशुपति क्षेत्रलाई बेहुलीझैँ सिंगारिएको छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न ठाउँसहित छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्छ । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने विश्वास गरिन्छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ-मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
यसैबिच नेपाल प्रहरीले महाशिवरात्रि पर्वका लागि सुरक्षा योजना सार्वजनिक गरेको छ । भोलि पशुपतिनाथ मन्दिर परिसरमा मेला लाग्ने र मेलामा स्वदेशी तथा विदेशी भक्तजनहरूको भिड हुने भएकाले सुरक्षा योजना लागू गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । सुरक्षा योजना फागुन २६ गतेसम्म लागू हुनेछ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीको कमान्डमा प्रहरी परिचालन हुनेछ । मेलामा कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती स्टाइकिङ, ड्रोन, सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत् निगरानी गरिने प्रहरीले जनाएको छ । त्यस्तै नेपाल प्रहरी अस्पतालबाट डाक्टर सहितको एम्बुलेन्स रहनेछ ।
यस्तै भोलिको महाशिवरात्रि पर्वलाई व्यवस्थितरूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले ७ वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ । कोषले हिजो पत्रकार सम्मेलन गरेर महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक पूर्वाधार, दर्शन मार्ग, पार्किङ तथा ट्राफिक व्यवस्थापन, साधुसन्तको सेवा एवम् धार्मिक कार्यक्रम, सजावट तथा मेला बजारलाई निर्बाधरूपमा सञ्चालन गर्ने जनाएको छ ।

Previous Post

फाइनलमा नेदरल्यान्ड्ससँग ४ विकेटले हार्यो नेपाल

Next Post

महिलाले अधिकार खोजेर मात्र होइन खोसेर लिन पनि सक्नु पर्छ उपप्रमुख: ईश्वरी बस्नेत

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
महिलाले अधिकार खोजेर मात्र होइन खोसेर लिन पनि सक्नु पर्छ उपप्रमुख: ईश्वरी बस्नेत

महिलाले अधिकार खोजेर मात्र होइन खोसेर लिन पनि सक्नु पर्छ उपप्रमुख: ईश्वरी बस्नेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार