भट्टराई कुलवंश प्रतिष्ठान नेपाल बागमती प्रदेश कमिटीको दाेस्राे अधिवेशन फागुन २६ गते काठमाडौंमा सम्पन्न भएको हो। उक्त अधिवेशनले सर्वसहमत नारायण प्रसाद भट्टराईको अध्यक्षतामा ३३ सदस्यीय समिति चयन गरेको छ। कार्यसमितिमा उपाध्यक्ष सुरज भट्टराई ,जय प्रसाद भट्टराई ,कमला भट्टराई , सचिव अजित कुमार भट्टराई ,सहसचिव अग्नि प्रसाद भट्टराई ,काेषाध्यक्ष खेम भट्टराई पदाधिकारी चयन गरेको छ।
बागमती प्रदेशमा भट्टराईको संख्या झन्डै ३० हजार हाराहारी छ। भट्टराई कुलवंश कुनै राजनीति गर्ने संस्था होइन। पछिल्लो समयमा हाम्रा सन्तानले संस्कार बिर्सदै छन। आफ्नो दाजुभाइको पनि सम्बन्ध टाढा भएकोले हामिले सम्बन्ध निकटता र भाइचारा कायम गर्नको लागि यो प्रतिष्ठान स्थापना गरेको अध्यक्ष भट्टराईले उल्लेख गरेका छन।