शर्मिला बिसुंन्के रामेछाप।
रामेछाप अनेरास्ववियु मन्थली नगर कमिटीले हेल्प डेस्क सन्चालनमा लाएको छ । भोली देखि सुरु हुने एसईई परिक्षामा मन्थली नगर कमिटीले परिक्षा केन्द्रमा परिक्षार्थीले कहिँ कतै समस्यामा नपरुन् भन्ने हेतुले यो हेल्प डेस्क सुरु गरेको कमिटीका अध्यक्ष उत्सव केसीले दोभानचौर खबरलाई जानकारी दिएका हुन। यो वर्ष रामेछापमा २२ वटा परीक्षा केन्द्रबाट २ हजार ६९४ जनाले एसइई परीक्षा दिने भएका छन् । चैत २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राध्यापक डाक्टर महाश्रम शर्माले प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पुर्याकइएको जानकारी दिँदै परीक्षालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान पनि गर्नुभएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरेको बोर्डले जनाएको छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुने एसईर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताएका छन।