हेटौंडा। शनिबार चार सडक आश्रित व्यक्तिहरुको उद्दार गरिएको छ । हेटौंडा-९, लामसुरेधामस्थित मानवसेवा आश्रमको रात्रीकालिन सडक अभियान अन्तर्गत ती व्यक्तिहरुको उद्दार गरिएको हो ।
मानव सेवा आश्रम, जिल्ला प्रहरी मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको संयुक्त टोलीले हेटौंडा बजारको विभिन्न स्थानबाट दुई जना सहयोगापेक्षी र दुई जना घर परिवार भएका व्यक्तिको उद्दार गरेका हुन् । जसमा ६२ वर्षीय कृतिधोज गौतम, ५० वर्षीय दीपक खड्का, ४० वर्षीय गणेश आले मगर र ४५ वर्षीय रामलाल विश्वकर्माको उद्दार गरिएको आश्रमका अभियान्ता होमनाथ पाैडेलले जानकारी ।