शर्मिला बिसुन्के, रामेछाप।
रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा न ६ रामपुर कोलान्जोर स्थित सुनकोशी नदिमा डुबेर एक पुरुषको मृत्यु भएको छ । गए राती (मंगलबार)८ बजे तिर सुनकोशी नदिमा निर्माणधिन पुलमा काम गर्ने मकवानपुर भिमफेदी गाउँपालिका वडा न ५ का अन्दाजी ५२ वर्षीय बल बहादुर लामाको नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाकारी दिएको छ ।
उक्त मृतक पुलमा काम गर्ने कामदार रहेको। घटना कसरी भएको हो भन्य जिल्ला प्रहरीले अनुसन्धान गरिएको छ। पोष्टमाटम रिपोर्ट आएपछि बाकी खुल्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ।