रामेछाप । इदको दिनमा नमाज पूरा गरेपछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन्। यो पर्वसँगै इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो रोजा पनि सकिन्छ।
इस्लाम धर्मावलम्बीहरूले आज आफ्नो महान् पर्व ‘इद उल फित्र’ मनाउँदै छन्। इद पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।
रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो। यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गरिन्छ। यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ।