रामेछापको मन्थली नगरपालिका ९ पुरानागाँउमा आगलागीमा परी गम्भीर घाइते भएका वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज विहानको समयमा आफ्नै बारीमा झुस सुकेको पत्कर झ्यास पोल्ने क्रममा पुरानागाँउ लामाटोलका ८५ वर्षीय लालमाया तामाङ घाइते हुनु भएको थियो । प्रहरी र स्थानीयको सहयोगमा घाइतेलाइ काठमाण्डौँ अस्पतालमा पठाइएकोमा उपचारकको क्रममा हिजो राति १२ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।