हेटौंडा/ बाल हेल्पलाइन मकवानपुरले सोमबार अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण दिएको छ ।
हरेक महिनाको शुक्रबार सामुदायिक विद्यालयहरुमा कम्युनिटी भ्योलुन्टरको रुपमा खटिनेलाई प्रशिक्षण दिएको हो । जसमा उपमहानगरभित्र रहेका २० सामुदायिक विद्यालयमा उनीहरूले विद्यार्थीलाई अनलाइनमा बाल संरक्षणबारे प्रशिक्षण दिनेछ ।
कार्यक्रमले बालबालिका याैन शोषण, दुर्ववहारमा नपरोस्, सामाजिक विकृतिको अन्त्य, व्यवस्थित रुपमा सामाजिक सञ्जालको प्रयोगमा सहयोग पुग्ने छ । यस्तै प्रहरीमा अनलाइन सम्बन्धि कस्ता घटना आउने गरेका छन् र सामाजिक सञ्जालको फाइदा बेफाइदा र कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ ।
प्रशिक्षक माधव लोहनीले अनलाइनमा बाल संरक्षण र बालबालिकाको अनलाइन याैन शोषण विरुद्ध सरोकारवालाहरुको भूमिकाबारे सहजीकरण गरे। यस्तै बाल हेल्पलाइन मकवानपुरका संयोजक झबिन्द्र ज्ञवालीले बाल हेल्पलाइनको सिद्धान्त र कार्यबारे सहजीकरण दिए । उनलेे बालबालिकामाथि दुर्ववहार र हिंसाका घटना बढेको जानकारी दिए । प्रहरी कार्यालयमा दर्ता भएका मुद्दालाई दवाउन मन्त्रीदेखिको हात रहने रहेको जानकारी दिए । जसले गर्दा जबरजस्ती घटनामा बाल हेल्पलाइन आफैं जाहेरीवाला बन्दा सुरक्षाको दृष्टिकोणले असुरक्षित रहेको जानकारी दिए ।
२०२२ देखि हालसम्म २ बालक र २ बालिका गरी ४ बालविवाह भएको छ । बालक २ बालिका एक गरी ३ बालश्रमिक भेटिएको छ । बाल भिज्याई एक, याैन शोषणमा २ बालिका, स्वास्थ्य उपचारमा एक बालक र एक बालक र ५ बालिकालाई शैक्षिक सहयोग गरिएको छ ।