Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाली टोलीमा थपिए चार जना, वेष्ट इण्डिज एविरुद्ध अद्भूत प्रदर्शन गरे विश्वकपमा

दोभानचौर खबर by दोभानचौर खबर
April 26, 2024
in समाचार, खेलकुद
0
नेपाली टोलीमा थपिए चार जना, वेष्ट इण्डिज एविरुद्ध अद्भूत प्रदर्शन गरे विश्वकपमा
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले वेस्टइन्डिज एसँग पाँच म्याचको टी–२० सिरिज खेल्ने टोलीमा चार खेलाडी थपेको छ । सिरिजको पहिलो खेल भोलि शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । त्यसको अघिल्लो दिन तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपिएको हो ।

बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो । अघिल्लो महिना आयरल्यान्ड एविरुद्ध सिरिजमा राम्रो प्रदर्शन गरेका कमलसिंह ऐरी र युवा ब्याटर लोकेश बमलाई नसमेटेपछि नेपाल छनोटमा प्रश्न उठेको थियो ।लोकेशले टी–२० खेलमा टेस्ट टोली आयरल्यान्ड ए विरुद्ध ५६ बलमा ९ चौका र ८ छक्कासहित १०६ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । उनी ओपनिङका साथै माथिल्लो क्रमका कुनैसुकै स्थानमा ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् ।

अनि, नियमित टोलीमा रहेका दीपेन्द्रसिंह ऐरी बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन राम्रो छैन ।२०२२ मा शल्यक्रियापछि नेपाली टोलीबाट बाहिर भएका कमलले पनि आयरल्याण्ड एविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । पहिलो टी–२० खेलमा कमलले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । दोस्रो र तेस्रो खेलमा कमलले १–१ विकेट लिए ।पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ए लाई १५७ रनमा अल आउट गर्न कमलले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसमा ह्याट्रिक सामेल थियो । दोस्रो खेलमा कमलले १ विकेट लिएका थिए । कमलले पावर प्ले र डेथ ओभर दुबैमा राम्रो बलिङ गरेका थिए ।

नियमित टोलीमा रहेका नेपालका प्रमुख बलर करण केसी, सोमपाल कामी र अभिनाश बोहराको अपेक्षा अनुसार प्रदर्शन थिएन । त्यसले वेष्टइण्डिज एविरुद्ध कमलको सम्भावना थियो । तर आश्चर्यजनकमा कमल समेटिएका थिएनन् ।नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाई एसीसी प्रिमियर कपपछि ओमानबाटै भारत गएका थिए । क्रिकेट संघका सचिव पारस खड्का ब्यक्तिगत अमेरिका भ्रमणमा गएका थिए । पारस र मोन्टी बिहीबार नेपाल आइपुगेपछि खेलाडी थप्ने निर्णय भएको हो।

खेलको अघिल्लो दिन ट्रफी सार्वजनिक कार्यक्रममा क्यान सचिव खड्काले टोलीमा चार खेलाडी थपेको जानकारी गराए । अब २० जनाबाट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा गएर टी–२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्नेछ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मलाई तोकेको छ । त्यो डेडलाइन अघि नेपालले वेष्टइण्डिज एविरुद्ध शनिबार र आइतबार दुई खेल खेल्नेछ । त्यसैले सुरुवाती दुई खेलमा प्रमुख खेलाडीलाई विश्राम दिएर अरुलाई अवसर दिने सम्भावना छ ।

Previous Post

काठमाडौं महानगरका कार्यालय ९ बजे खुल्‍ने

Next Post

कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार