काठमाण्डाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाउनुभएको छ ।
यही वैशाख २७ गते मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । आज पाँच जना मन्त्री र दुई जना राज्यमन्त्री थपेर कार्यविभाजनसमेत गरिएको छ ।
नेकपा एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लीलावल्लभ अधिकारी, नेकपा (माओवादी केन्द्र) बाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बन्नुभएको छ । त्यसैगरी एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती मन्त्री बन्नुभएको थियाे ।