Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो

दोभानचौर खबर by दोभानचौर खबर
June 8, 2024
in समाज, समाचार
0
अनलाइन ठगी र साइबर अपराधको घटना बढ्दो
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ मकवानपुरमा पछिल्लो समय अनलाइन ठगी र साइबर अपराधका घट्ना बढिरहेका छन् । उत्सुकता, जिज्ञासा, रमाइलो गर्न, लत, बदलाको भावना, आर्थिक उपार्जनको लोभ, अज्ञानता, शोषण गर्न ठगी तथा साइबर अपराधको घटना बढेको पाइन्छ । यस्ता ठगी तथा साइबर अपराधका घटना बढेको भन्दै सजग हुन प्रहरीले आग्रह गरिएको छ । 

उहाँ हुनुहुन्छ, मकवानपुरकी जस्प्रिता अधिकारी । ढेड वर्ष अघि उहाँको फेसबुक आइडी ह्याक भयो । करिब १५ दिनसम्म फेसबुक प्रयोग नगर्नु भएका अधिकारीलाई एक्कासी साथीहरूको फोन आयो । साथीहरूको फोन उठाएपछि बल्ल आफ्नो फेसबुक आइडी ह्याक भइसकेको पत्तो पाउनुहुन्छ अधिकारीले ।  यति मात्र होइन कि आफ्नो फेसबुक वालमा अश्लील फोटोहरु हालेको र चिट्ठा परेको भन्दै मोटा रकमको आश्वासन समेत ह्याकरले दिएको थाहा पाउनुहुन्छ ।त्यसपछि मानसिक रुपमा कमजोर हुन्छ कतै मेरो जीवन नै सकिने त होइन भन्ने प्रश्न मनमा खेल्नुहुन्छ ।  हतारहतार आफान्तको सहयोगमा आफ्नो फेसबुक आइडी बन्द गराउन भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा  निवेदन दिन पुग्नुहुन्छ । र जब उहाँको आइडी बन्द हुन्छ तब मात्र उहाँले लामो श्वास फेर्नुहुन्छ ।

यस्तै अधिकारीको जस्तै कथा  बोक्नु भएका अर्का पात्र हुनुहुन्छ काठमाडौंका खगेन्द्र उपाध्याय । उहाँको पनि गत फागुन १९ गते एक्कासी फेसबुक आइडी ह्याक भयो । यात्राको क्रममा फेसबुक चलाउँदै गर्दा एउटा लिङ्क आयो । त्यो लिङ्क क्लिक गर्दा फेसबुक आइडी ह्याक भएको पत्तो नै पाउनु भएन । कोठामा नपुग्दै जब साथीहरूको कल आउँछ तब मात्र आइडी ह्याक भइसकेको पत्तो पाउनु हुन्छ । ७ लाख रुपैयाँ चिट्ठा परेको भन्दै साथीहरूले बधाई पनि दिन्छन् उपाध्यायलाई । अनि बैंक एकाउन्ट ह्याक हुन्छ कि भन्ने डरले एक्कासी मानसिक तनाव झेल्नुपर्ने हुन्छ उहाँले । तत्काल बेसबुक आइडीको पासपोर्ट परिवर्तन गर्न नसके पनि इमेलको पासपोर्ट र बैंक एकाउन्टको पिन नम्बर परिवर्तन गर्न लाग्नु हुन्छ उपाध्याय । र साइबर ब्यूरोमा उजुरी पश्चात् उहाँँको आइडी बन्द हुन्छ । 

इमो, भाइवर, वाट्सएप, फेसबुक जस्ता  सामाजिक सञ्जाल माध्यम मार्फत मोटो रकम देखाएर चिट्ठा परेको छ भनेर प्रलोभन देखाउने र सस्तोमा आइफोन, मोबाइल, लत्ताकपडा लगायत सामग्री विदेशबाट पठाउँछु, विभिन्न तालिम सिकाउँछु र रोजगारी लगाइ दिन्छु, अरुको फेसबुक आइडी ह्याक गरी आपतमा परेको भन्दै रकम माग्ने गरिएको पाइएको छ । यसैगरी डिजिटल क्वारेन्सी, ओटिभी मार्फत बैंक एकाउन्ट ह्याक गरि ठगी गर्ने घटना बढेका छन् । जसले गर्दा फेसबुक आइडीको पासपोर्ट बलियो राख्नुपर्ने, जुनसुकै लिङ्क क्लिक नगर्ने, व्यक्तिगत विवरण नराख्ने जस्ता कार्य गर्न हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

यता जिल्ला प्रहरी कार्यालयमा ठगीका घटना बढेको भन्दै सजग रहन नागरिकहरुलाई आग्रह समेत गरिएको छ । २०८०/८१ मा इन्स्त्रट्रग्राम मार्फत ६, टिकटक मार्फत ३, फेक चेक मार्फत, फेसबुक मार्फत( फेक आइडी)१६, फेसबुक मार्फत(आइडी ह्याक गरेर) १, वाटस्एप मार्फत ३२ गरी ५९ वटा ठगी घटना प्रहरी कार्यालयमा दर्ता भएका छन् । साउनमा ३, भदौ र असोजमा ४, कार्तिक र मङ्सिरमा ५, पुस र माघ ६, फागुनमा १२, चैतमा ६, वैशाखमा ८ वटा उजुरी गर्दा भएका छन् । जसमा ७ जनाले  मात्र ठगीबाट उन्मुक्ति पाएका छन् भने ५२ जनाले अझै उन्मुक्ति पाएका छन् । यसैगरी फेसबुक आइडी ह्याक गरिएको र फेेक फेसबुक खोलिएको भन्दै ३ सय ९९ जनाले उजुरी दिएका छन् । साउनमा ३२, भदौमा ३०, असोजमा ४७, कार्तिकमा २८, मङ्सिरमा ८१, पुसमा ४२, माघमा ३६, फागुनमा ३९, चैतमा ३४, वैशाखमा ३० जनाले उजुरी दर्ता गरेका हुन् । जसमा ३ सय ९५ वटा साइबर अपराध घटनाको पीडितलाई न्याय दिलाएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसरी साइबर अपराध र ठगीको घटना ग्राप बढिरहेको छ ।

Previous Post

मन्थली नाकन्या माबिले एक बर्ष देखि लेखा कर्मचारी भर्ना गर्न सकेन

Next Post

बिमाका सेवाग्राहीलाई छुट्टै व्यवहार हुन्छ

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
बिमाका सेवाग्राहीलाई छुट्टै व्यवहार हुन्छ

बिमाका सेवाग्राहीलाई छुट्टै व्यवहार हुन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार