खाँडादेबी गाउपालिकाको सभाहलमा खेलाडीहरूले ताल्चा लगाएका हुन । असार १० गते नीति तथा कार्यक्रम ल्याउने थाहा पाएपछि सभाहलमा ताल्चा लगाएका हुन । पालिकाको सभाहलमा ताल्चा लगाएपछि पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृत सहित खेलाडी बार्तामा बसेर सहमति पश्चात ताल्चा खोलिएको एक खेलाडीले बताए । पालिका अध्यक्षले हुकुमी शैलीमा काम लगाइयो अनि भुक्तानी गर्ने बेला पैसा छैन भनिन्छ । पैसा थिएन भने किन काम लाउनु ? कार्यपालिकाले निर्णय गरेपछि पैसा केही दिनमा दिने सहमती भएको प्रशासकीय प्रमुखले बताए ।
अध्यक्षले काम लगाउनु अगाडी सम्झौता गर्न लगाउनुपर्ने हो । यसरी बाहिर बाहिरै राज्यले दिन्छ काम गर भन्नू नीति बाहिरको कुरा हो । यो बाहिर आयो यस्ता धेरै अनियमितता छ खाँडादेबी गाउपालिकामा एक वडा अध्यक्षले जानकारी दिए । हामीलाई पालिका आउन मन लाग्न छाडिसक्यो घन्टौ कुरा सुन्नुपर्छ । जे गर्नु हुदैन भन्नुहुन्छ अध्यक्षले आफू त्यही गर्छन । ३ बर्ष हुँदा नि नीति नियम बुझेनन यो खाँडादेबी गाउपालिकाको नागरिको दुर्भाग्य हो वडा अध्यक्षले गुनासो गरे ।
बोल्ने मात्र होइन छलकपडमा धेरै अगाडी छन खाँडादेबी गाउपालिकाका अध्यक्ष दोभानचौरले ताल्चा लगाएको बिषय सत्य के हो भन्दा अध्यक्षले मलाई केही थाहा छैन राज्यको सम्पत्तिमा ताला लगाउन कसैले सक्छन? प्रश्न गरे । के भएको हो त बुझ्दा- कुरा आएको हो पछि के सहमति भयो मलाई नि थाहा छैन । उपाध्यक्ष र कर्मचारीले कुरा मिलाए भने मलाई जानकारीनै छैन सम्म भन्न भ्याए अध्यक्ष ज्ञान कुमार श्रेष्ठले ।
यता उपाध्यक्ष भन्छिन् अध्यक्ष सहित खेलाडी , कर्मचारी म र केही वडा अध्यक्ष बसेर छलफल गरेर रकममान्तर गरेर दिने सहमती भएको हो । ताल्चा एकैछिन लागेको स्वीकार गर्दै खेलाडीले पैसा पाउने आजको गाउसभाले निर्णय गरेको पनि जानकारी उपाध्यक्ष रमा घिसिङले दिएकी हुन ।







