काठमाण्डाै । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेज गरेको छ ।
न्यायाधीशहरू कुमार रेग्मी, डाक्टर नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानसहितको तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिट आज खारेज गरेको हो ।
केदार कार्कीलाई समर्थन दिएका सांसदहरूले समर्थन फिर्ता लिएको ३० दिनपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको थियो । तर कार्कीले भने प्रदेश प्रमुखको कदम असंवैधानिक भएको दाबी गर्दै आउनुभएको थियो ।
बहुमत सांसदको समर्थनमा एमालेका हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेपछि केदार कार्कीले सर्वोच्चमा रिट दिनुभएको थियो ।







