Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि आयोगले छुट्टै सुरक्षा नीतिको व्यवस्‍था गर्नुपर्छ

दोभानचौर खबर by दोभानचौर खबर
July 16, 2024
in समाचार, समाज
0
महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि आयोगले छुट्टै सुरक्षा नीतिको व्यवस्‍था गर्नुपर्छ
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जालको आयोजनामा महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको सवालमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका विषयक एकदिने राउण्‍ड टेबल सम्‍पन्‍न गरिएको छ ।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगको हलमा मानव अधिकारको संरक्षण र संवर्धनका लागि खटिरहेको आयोगले यस्‍ता घटनालाई कसरी हेरिरहेको छ र मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि कस्‍ता नीति तथा कार्यक्रमहरू ल्‍याउन आवश्‍यक छ भन्‍ने विषयमा आयोगकी सदस्य लिली थापाको प्रमुख आतिथ्‍यतामा उक्त अन्‍तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

पछिल्‍लो समयम महिला मानव अधिकार रक्षकहरूमाथि हिंसात्मक गतिविधि बढिरहेको घटनालाई मध्‍येनजर गर्दै यस्‍ता गतिविधिलाई नियमन गर्ने सुरक्षा संयन्‍त्र र सुरक्षा नीति नहुँदा र भएका नीति विधिको प्रभावकारी कार्यान्‍वयन नहुँदा महिला मानव अधिकार रक्षकहरूले भोग्‍नुपरेका समस्‍या र मानव अधिकारको संरक्षणको निमित्त स्थापित राज्‍यको संवैधानिक अङ्‌गको रूपमा रहेको आयोगमार्फत महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि कस्‍ता पहल भइरहेका छन्‌ भन्‍ने विषयमा गरिएको अन्‍तरक्रिया कार्यक्रममा आयोगका सचिव मुरारी प्रसाद खरेल, मानव अधिकार अधिकृत दिपेन्‍द्र सिंहका साथै काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौं जिल्‍लामा रहेर हिंसा प्रभावितहरूको न्‍यायिक अधिकार सुनिश्‍चितता र सामाजिक न्‍यायका लागि निरन्‍तर वकालत गर्दै आएका ४० जना महिला मानव अधिकार रक्षकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समुदाय तहमा रहेर निरन्‍तर स्वयंसेवी भावनाले काम गर्ने महिला मानव अधिकार रक्षकहरूको अवस्‍था र चुनौतीकाबारेमा रेणुका सूर्यले प्रमाणमा आधारित घटना अध्‍ययन प्रस्तुत्‌ गरेकी थिइन्‌ भने मानव अधिकार अधिकृत दिपेन्‍द्र सिंहले राष्ट्रिय मानव अधिकार आयोगले महिला मानव अधिकार रक्षकहरूको सुरक्षा र पहिचानको मुद्दालाई सधैं सम्‍बोधन गर्दै आएको बारेमा प्रष्‍ट पारेका थिए।

कार्यक्रममा उपस्थित महिला मानव अधिकार रक्षकहरूले आफूले काम गर्दा कहिले कानुनी राज्‍यकै सुरक्षा संयन्‍त्रबाट त कहिले विभिन्‍न नामधारी समूह र अपराधिक मानसिकता भएका व्यक्तिहरूबाट असुरक्षित हुनुपर्ने र महिला मानव अधिकार रक्षकहरू आफ्‍नो ज्‍यान जोखिममा पारी हिंसा, धम्‍की, गालीगलौज सहँदै बस्‍नुपरेको स्थिति रहेकोले अब महिला मानव अधिकार रक्षकहरूको सुरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगले छुट्टै सुरक्षा नीतिको व्यवस्‍था गर्दै पहिचानको लागि समेत विशेष भूमिका खेल्‍नको लागि माग राखेका थिए ।

आयोगका सचिव खनालले आयोगले मानव अधिकार रक्षकको अवस्‍था र चुनौतीलाई सम्‍बोधन गर्नसकिने डेटाबेसमा आधारित सफ्‌टवेयर निर्माण गरिरहेको बारेमा जानकारी दिथिए। त्यस्‍तैगरी, राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार रक्षकहरूको रोष्टर बनाउन लागिरहेको र ७५३ वटै स्थानीय तहमा काम गर्ने मानव अधिकार रक्षकहरूको अवस्‍थाको बारेमा बुझ्‍न सकिने संयन्‍त्र चाडैं निर्माण गर्न लागिरहेको बताए। यस संयन्‍त्रलाई प्रभावकारी बनाउन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्‍जालले महत्त्वपूर्ण भूमिका खेल्‍ने भएकाले समन्‍वय गरी अगाडि बढाउन सकिने उनको बुझाई छ ।

राष्‍ट्रिय सञ्‍जालकी अध्‍यक्ष श्‍मामकुमारी साहले आयोगले पहल गरिरहेका हरेक सुरक्षा संयन्‍त्रको निर्माणमा हामी देशैभरीका महिला मानव अधिकार रक्षकहरूको साथ, समन्‍वय र सहकार्य सदैव रहने प्रतिबद्धता जनाईन् ।

Previous Post

हेटौंडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा 

Next Post

रामेछापका केही जनप्रतिनिधि र कर्मचारी सिडिएसको रामरौसमा धुलिखेल

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
रामेछापका केही जनप्रतिनिधि र कर्मचारी सिडिएसको रामरौसमा धुलिखेल

रामेछापका केही जनप्रतिनिधि र कर्मचारी सिडिएसको रामरौसमा धुलिखेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार