काठमाडौं । बाग्मती नदीमा बाढीको कारण काठमाण्डौ कीर्तिपुरको सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । निलबाराही गणबाट खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित ठाउँमा लगिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाग्मतीसहित बिभिन्न नदी खोलामा आएको बाढीका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् ।