दोभानचौर खबर।
नेपकपा एमाले रामेछापको तेस्रो पुर्ण बैठकले पाटीकी उपसचिव मखमली श्रेष्ठलाई स्कुक बिभाग प्रमुखको जिम्मेवार दिएको छ।
तेस्रो पुर्ण बैठकले वार्षिक कार्यक्रम बनाउनुको साथैविभिन्न संगठनको प्रमुख सहित वडा इन्चार्जको जिम्मेवारी समेत दिएको जिल्ला अध्यक्ष पुरुषोत्तम कडेरीयाले बताए । जनप्रतिनिधि समेत भैसकेको र पाटीको उपसचिव पनि भएकोले स्कुल सुधारमा सहायता हुन्छ भनेर हामीले श्रेष्ठलाई स्कुल बिभाग प्रमुख बनाएको अध्यक्ष कडेरीया बताउछन् ।
विभिन्न बिभाग प्रमुख र इन्चार्जलाई जिम्मेवारी दिदै आफ्नो जिम्मेवारी पूरा गर्न समेत निर्देशन पाटीले दिएको छ। उपसचिव स्कुल बिभाग प्रमुख श्रेष्ठ भन्छिन जिम्मेवार पाइयो अब बधाई लिने र मख्ख पर्ने भन्दा पनि आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भनेर हामी लागेका छौ।