अविरल बर्षाको कारण सिन्धुलीको सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएको छ। शनिबार बिहान गोलन्जोर गाउँपालिका क्षेत्रभित्र पर्ने यो पुल बगाएपछि यातायात अवरुद्ध समेत भएको हो।
सुनकोशी नदीको जलसतह लगातार बढिरहेकोले तटीय क्षेत्र उच्च जोखिममा परेको छ। स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सुरक्षा मापदण्डहरू अपनाउन निर्देशन दिएको छ।