Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

झापाका डा. शाहलाई युएईमा ‘अन्तर्राष्ट्रिय साेसियल अवार्ड’ प्रदान

दोभानचौर खबर by दोभानचौर खबर
October 22, 2024
in समाज, समाचार
0
40
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सामाजिक अभियान्ता डा. धर्मेन्द्र कुमार शाहलाई अन्तरास्ट्रिय सोसियल अवार्ड प्रदान गरिएको छ । कृयटिभ मिडिया तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीले आयाेजना गरेकाे छैठौं अन्तर्राष्ट्रिय साेसियल अवार्ड तथा साहित्यिक, साँस्कृतिक ,साङ्गीतिक साँझ कार्यक्रममा डा.शाहलाई उक्त अवार्ड प्रदान गरिएको हाे ।

विगत ६ वर्षदेखी नीयमित रुपमा हरेक वर्ष विभिन्न देशहरूमा गर्दै आएको साहित्यिक, सांस्कृतिक, साङ्गितिक साँझ तथा छैठौ अन्तरास्ट्रिय सोसियल अवार्ड यसपटक भने युएईको दुबईस्थित क्लब एसके सेभेनमा सम्पन्न गरिएको थियाे । नेपालको प्राकृतिक विपत्ति बाढि पहिरोबाट पीडित बनेका नागरिकहरुको सहयोगार्थ दुबईमा सम्पन्न उक्त कार्यक्रममा लामाे समयदेखि सामाजिक क्षेत्रमा सक्रिय झापा जिल्ला शिवसताक्षी -४ बाेलाेचाैक निवासी डा. धर्मेन्द्र कुमार शाहले अवार्ड हात पारेका छन् ।

बाल्यकाल देखिनै समाज सेवा गर्दै आएका शाहले पछिल्लो समय “जन्मोत्सवमा सामाजिक कार्य गरौ ” भन्ने एक अभियानकाे परिकल्पनाकार समेत गरि झापाका विद्यालयहरुलाई आर्थिक भाैतिक सहयोगका साथै विभिन्न जिल्लाका वृद्ध आश्रम ,बाल आश्रमलाई शैक्षिक तथा आवश्यक खाद्यान्न सहयाेग गर्दै आएका छन् । बाेलाेचाैक विकास समितिका अध्यक्ष समेत रहेका डा. शाह विराट दृष्टि जागरण नेपाल, भिजन राइज नेपाल, पाउ पाथिभरा माता मन्दिर लगायत दर्जनौ सामाजिक संस्थाका संस्थापक हुन् ।

यस्तै, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, नेपाल रेडक्रस साेसाईट, बाल सचेतना केन्द्र नेपाल लगायत अन्य विभिन्न सामाजिक संस्थामा आजिवन सदस्य समेत रहेका छन् । सामाजिक कार्यमा विद्या बारिधि हासिल गरेका डा.शाह बहुप्रतीभाका धनी व्यक्ति हुन् । नेपाली राजदुतावास अवुधावीका काउन्सिलर एवं उपनियोग प्रमुख रन्जिता दाहालकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा देश तथा विदेशमा बसेर सामाजिक रुपमा उत्कृष्ट काम गरिरहेका नायिका तथा मोडल नम्रता सापकोटा,वरिष्ठ पत्रकार तथा लेखक मनरिषि धिताल,हास्य कलाकारद्वय पुजन घिमिरे र मरिचमान, गायक राजनराज सिवाकोटी ,एनआरएनए अभियान्ता एवं सामाजिक व्यक्तित्व रमेश श्रेष्ठ, बिकास शाही, ठाकुर प्रसाद ढुङ्गाना र प्राध्यापक केशव लाल श्रेष्ठले अवार्ड हात पारेका छन् ।

नेपालको कला, साहित्य, सँस्कृती भेषभुषाको जगेर्ना,नेपालको कला सँस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार,नेपाली कलाकारहरुलाई अन्तराष्ट्रीय स्तरमा पहिचान स्थापित गराउन र युएईमा रहेका नेपाली समुदाय बिच भेटघाट, सुखदुःख साटासाट, रमाइलो र खुसी प्रदान गर्ने उदेश्यले आयाेजित कार्यक्रममा दशै, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियाे । नेपाली राजदुतावास अवुधावी का काउन्सिलर एवं उपनियोग प्रमुख दाहालले युएईमा रहेका सबै नेपालीहरुको हकहितका लागि दूतावास निरन्तर कृयाशिल रहेको बताउँदै कुनै समस्या भए एम्बेस्सीलाई सम्पर्क गर्न अनुरोध गरे ।

साथै, युएईकाे नियम, कानुनको पालना गर्न आग्रह गर्दै उनले सबै नेपालीको हरेक सुख दुःखमा दूतावास सधै साथमा रहने प्रतिबद्धता जनाए । यस्ता कार्यक्रमले नेपाली कला, साहित्य,सस्कृति, पर्यटनको क्षेत्रमा योगदान पुर्याउने र नेपालीहरु बिच भाईचारा माया प्रेम सद्भाव स्थापित गराउने विश्वास व्यक्त गर्दै काउन्सिलर दाहाललले आयोजकलाई धन्यवाद दिए।

कार्यक्रमका संयाेजक एवं कृयटिभ मिडियाका अध्यक्ष सुनिल खड्काले यस प्रकारको इन्टरनेसनल साेसियल अवार्डले समृद्ध सांस्कृतिक सम्पदा र दुबईरहेका नेपालीहरूको भेटघाट सम्झनाको रूपमा काम गर्नुका साथै नेपालकाे सांस्कृतिक संरक्षणप्रति समुदायको प्रतिबद्धतालाई पुष्टि गर्न सहज हुने बताए ।

Previous Post

बिद्यार्थी र अभिभावकसँग मन्थली माबिको टिम आज गाइखुरा

Next Post

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार