मुटुभित्र राखे तिमलाई, मन भित्र राखे तिमलाई ।
जहाँ जान्थे जता पुग्थे , मन्दिरमा पनि मागे तिमलाई ।।
औकात छैन भनि गयौ तेरो,
खरानी भयो सपना मेरो, धुजा धुजा भयो मुटु मेरो ।
निकै मीठा शब्द संयोजनमा औकात बोलको आधुनिक गीत विशाल निरौलाको युटुब च्यानल मार्फत सार्बजनिक भएको छ । युबराज घिमिरेको प्रस्तुतीमा निकै मीठो सुगम संगीत बजारमा आएको हो । गायक प्रमोद खरेलको सुमधुर स्वरमा बजारमा आएको हो ।
लामो समय देखि साहित्यमा कलम चलाउदै आउनु भएका साहित्यकार एबम सचांरकर्मी बिद्या निर्दोष पहाडीको शब्द रहेको गीतमा डिबी निरंकारीको शब्द संकलन र संगीत रहेको छ। बिशाल निरौलाले मिक्सिङ्ग र एरेन्ज र विक्रम चौहानले भिडियो निर्देशन गर्नु भएको छ । गीतमा युबराज घिमीरे, गिता ढुुङ्गागाना र डिबी निरंकारीको अभिनय रहेको छ ।
गित अलंकार डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो भने गितारमा संजिव बराईली, बासुरीमा रत्न बिक र रिदममा भुुुबन गंदर्व हुनु हुन्छ ।
नोट-केही छुटेका रचनाकारको नामहरु सच्याईएको छ ।






