Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

दोभानचौर खबर by दोभानचौर खबर
November 5, 2024
in समाज, प्रदेश २
0
वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

Manish Paudel

3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा:  जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताउनुभयो । “छठपर्वमा विशेष सुरक्षा प्रबन्ध मिलाउनेछौँ,’’ उहाँले भन्नुभयो, ‘‘विगतका छठपर्वका जोखिमका विषय के–के हुन्, ती विषयलाई सम्बोधन गर्ने गरी सुरक्षा योजना बनाएर अघि बढ्नेछौँ ।’’ प्रजिअ अर्यालले जिल्लाका सुरक्षा निकायसँगै नगरप्रहरीसँग पनि समन्वय गरेर अघि बढ्ने बताउनुभयो । 

वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठपर्व मनाइदँैछ । वीरगञ्जमा सबैभन्दा धेरै दर्शनार्थी तथा अवलोकनकर्ता घडीअर्वा पोखरीमा आउने गर्छन् । त्यसैले घडीअर्वा पोखरीको सुरक्षा चुनौती प्रमुख हुने गर्छ । 

घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिका संयोजक मनोहर गुप्ताले घडीअर्वा पोखरीमा करिब एक लाख ५० हजार भन्दा धेरै अवलोकनकर्ता आउने भएकाले सुरक्षा चुनौती मुख्य रहने बताउनुभयो । 

छठपर्व कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले घडीअर्वा पोखरीको शान्ति सुरक्षाको लागि २० थान सीसी क्यामेरा जडान गरिसकेको जानकारी दिनुभयो । ‘‘यहाँ विशेष गरी कात्तिक २२ गते अस्ताउँदो सूर्यलाई अर्घ्य दिने बेला र २३ गते उदाउँदो सूर्यलाई अर्घ्य दिने बेला निकै सावधानी अपनाउन आवश्यक देखिन्छ,’’ उहाँले भन्नुभयो ।

छठघाट परिसरमा दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायतको टोली खटाइनेछ । प्रजिअ अर्यालले विगतका वर्षमा जस्तै यो वर्ष पनि पर्सा जिल्लामा छठपर्व शान्तिपूर्ण वातावरणमा मनाउने गरी आवश्यक तयारी भइरहेको बताउनुभयो । सशस्त्र प्रहरी बल पर्साका प्रमुख राधेश्याम धिमालले घडीअर्वा पोखरीमा उद्धारसहितका टोली परिचालन गरिने बताउनुभयो । जिल्ला प्रहरी प्रमुख कुमोध ढुङ्गेलले छठ पर्वका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइने बताउनुभयो । (रासस)

Previous Post

नेप्से परिसूचकमा झिनो गिरावट

Next Post

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार