Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

दोभानचौर खबर by दोभानचौर खबर
November 25, 2024
in समाज
0
बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मन्थली (रामेछाप) : मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको हुनुभयो । उहाँको मुख्य पेसा मादल बनाउने हो । 

उहाँसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उहाँका अनुसार बाजे बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएको हो । “घरको जेठो सन्तान भएकोले बुवाआमा, भाई बहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै मादल बनाउन थालेँ”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “विसं २०५९ देखि रामेछापकै खिम्ती बजारमा मादललगायत अन्य वाद्यवादन बनाएर बिक्री गर्दै आएको थिएँ, तर अहिले त्यो पेसाबाट विस्थापित भएँ ।”  

उहाँले त्यहाँ करिब १३ वर्ष व्यवसाय गर्नुभयो । खिम्तीमा व्यवसाय सञ्चालन गर्दा तिहार र विवाहका लगनहरुमा मादल, दमाहा टेम्कोलगायत सामग्री बनाउन र मर्मत गर्न भ्याइनभ्याई हुन्थ्यो । पाँच जनालाई रोजगारी दिनुभएको थियो । तर अहिले त्यस्तो छैन । अहिले आफैँलाई काम पाउन मुस्किल छ ।

विसं २०७२ को भूकम्पका कारण उहाँले भाडामा लिएको कच्ची घर भत्कियो । थुप्रै मादलहरु पुरिए । त्यसपछि उहाँ गाउँ नै फर्किनुभयो । पुनःनिर्माणका लागि प्राप्त अनुदान रु तीन लाखमा केही थपेर घर बनाए पनि गाँउमा खानेपानीको अभावले जब्बर दम्पतीसहित खनखनेका १२ घर बादीमध्ये १० घरपरिवार पानी र अन्य सुविधाको खोजी गर्दै भटौलीकै ठेडीखोला किनारमा झरेर ऐलानी जग्गामा टहरो बनाइ बसे ।   

मादल बनाउने परम्परागत पेसा टिकाउन उहाँलाई हम्मेहम्मे परेको छ । “पहिलेपहिले गाउँमा बस्दा तिहारका बेला मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । यस वर्षको तिहारदेखि मादल बनाउने र किन्ने ग्राहक आउँनै छाडे”, उहाँले भन्नुभयो ।  मादल मात्र हैन, पञ्चैबाजाका लागि आवश्यक टेम्को, दमाहा, ढोलक र वाद्यवादनका लागि आवश्यक तवेला, वालन भजनमा बजाइने खैँजेडी बनाउने यहाँका वादीहरुको पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ। 

तिहारका बेलामा खेलिने देउसी भैलोमा मादलको प्रयोग हुन छाडेपछि मादलको बिक्री घटेको रामेछाप नगरपालिका–८ का बद्रीप्रसाद घिमिरे बताउनुहुन्छ ।  मादलको व्यापार घटेसँगै समुदायको पेसा नै सङ्कटमा परेको मन्थली–७ का शम्भु वादी बताउनुहुन्छ । 
  
 छालाजन्य वाद्यवादन मादल, ढोलक, टेम्को, दमाहा, तबेला, खैँजडी बनाउन बाख्रा, गाईगोरुको छाला, लाम्पातेको काठ र खरी लगाउन अन्य कच्चापदार्थ चाहिन्छ । उत्पादित सामग्री बिक्री हुन छाडेपछि राज्यले वैकल्पिक पेसाको व्यवस्था गरिदिनुपर्ने माग वादी समुदायको छ । 
 
मन्थली नगरपालिकाको वडा नं १, २ र ७ मा गरी जम्मा १९ घरपरिवार वादी समुदायको छ । उनीहरुको जनसङ्ख्या ७५ जना छन् । पुख्र्यौली पेसाले जीउन गाह्रो भएपछि रोजगारीका लागि युवाहरु सहर पस्न थालेका छन् । 

मन्थली नगरपालिकाले  गत आर्थिक वर्ष २०८०/८१ मा वडा नं–३ का दलित समुदायमा जब्बरबहादुर बादीलाई प्रशिक्षक बनाइ मादललगायत वाद्यवादन सामग्री बनाउने तालिम सञ्चालन गरेको थियो । तर त्यस्ता सामग्रीले बजार नपाएपछि समस्या भएको छ । स्थानीय सरकारले उत्पादन भएका वाद्यवादनका सामग्रीहरुको बजारीकरणका लागि खासै चासो नदिएको स्थानीय केशव बादीले गुनासो गर्नुभयो ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उनीहरूलाई छुट्टै वैकल्पिक पेसा दिन नसक्ने तर पुख्र्यौैली पेसा संरक्षणका लागि समुदायस्तरमा सहयोग गरी छालाजन्य वस्तुहरु पर्याप्त उत्पादनमा सहजीकरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,  “विकसित मुलुकमा ठूलो परिमाणमा बन्ने यस्ता सामग्रीहरु स्थानीय उत्पादनभन्दा सस्तो हुने भएकाले बजार नपाएको हो । नगरले स्थानीय उत्पादन बिक्री वितरणमा आवश्यक सहयोग गर्ने छ । ” 

जिल्लामा रहेका बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेकाले रोजगारीका अवसर सृजना गरी जीविकोपार्जनमा सहयोग पु-याउनुपर्ने स्थानीय अगुवा गुञ्जबहादुर श्रेष्ठको धारणा छ । रासस
 

Previous Post

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

Next Post

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार