रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको फर्पुमा मंसिर १४ गते भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई बेणी त्रिबेणी यातायातले पूर्व सहमति अनुसार काजकृया वापतको खर्च उपलव्ध गराएको छ ।
आज मृतकको घरमा पुगेर आफन्त संग भेटघाट गर्नुका साथै मृतकको काजकृया वापत रकम यातायात समितिका अध्यक्ष कमलवहादुर भुजेलले हस्तान्तरण गरेका थिए । कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगर लगाएत सहभागि थिए ।
काठमाण्डौंबाट बेताली जादै गर्दा गोकुलगंगा ६ को फर्पुको सिमखोला नजिक जीप फर्पुमा दुर्घटना भएको थियो । सो दुर्घटनामा गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र वस्नेत सहित ५ जनाको घटनास्थलमानै मृत्यू भएको थियो । दुर्घटनामा परी ३ जना घाईते भएका थिए ।
दुर्घटनामा परेर मृत्यू भएकाको काजकृया वापत यातायातले प्रति मृतक ५० हजार रुपैयाँ उपलव्ध गराएको थियो । एकै परिवारका २ जना मृत्यू भएका परिवारलाई भने १ लाख ५० हजार काजकृया खर्च उपलव्ध गराइएको अध्इक्ष भुजेलले वताएका छन् ।







