Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

दोभानचौर खबर by दोभानचौर खबर
January 2, 2025
in शिक्षा र स्वास्थ्य खबर
0
विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन् ।

अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् । यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको हो । विद्यालय स्वास्थ्य दूतलाई मन्त्रालयले दूतको परिचय र ब्याचका अलावा आवश्यक स्वास्थ्य जानकारीमूलक सामग्री पठाउनेछ ।

हाल देशका सातै प्रदेशका एक हजार तीन सय ८६ विद्यालयमा कार्यक्रम लागू भैरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले रोग निरोधात्मक कार्यक्रमका लागि विद्यालयलाई समेत सहभागी गराउने गत साउन २७ गते योजना तथा कार्यक्रममा घोषणा गरेका थिए । सोही कुरालाई मद्दत मिल्ने गरी हाल निर्देशिका परिमार्जन गरेर विद्यालय स्वास्थ्य दूत थप्न लागिएको हो ।
पाँच सय विद्यार्थी भएका विद्यालयमा एक छात्र र एक छात्रा स्वास्थ्य दूत बन्नेछन् । उनीहरुलाई मन्त्रालयको नर्सिङ महाशाखामार्फत स्थानीय तह र विद्यालयका नर्सहरुले सचतेनामूलक कार्यक्रममा सहभागी र नेतृत्व दिलाउनेछन् । हामीलै नागरिकको स्वास्थ्य सुधार गर्न बालबालिका तहबाटै काम हुनुपर्छ भनेर यस्तो व्यवस्था गरेका हौं, मन्त्री पौडेलले भने, यसले बालबालिका र उनीहरुमार्फत समुदायको स्वास्थ्य जानकारी वृद्धि हुने अपेक्षा गरेका छौं ।

मन्त्रालयले यस वर्ष प्रयोगका रुपमा लागू गर्ने र अगामी वर्ष बजेटमा व्यवस्था गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । विद्यालयमार्फत सचेतना थप प्रभावकारी हुन्छ भन्ने मन्त्रीज्यूको विश्वास छ, उनले भने, त्यसैलाई आधार मानेर नयाँ व्यवस्था गरिएको हो

अहिले विद्यालय नर्स कार्यक्रमका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ । तीनवटै तह मिलेर बालबालिकाको तहसम्म सचेतना फैलउने काम गर्दा प्रभावकारी हुने विश्वासका साथ मन्त्री पौडेलले विद्यालय दूत कार्यक्रम अघि बढाएको उनको निजी सचिवालयले जनाएको छ ।

Previous Post

मानदेव ताजपुरियाको ”ओ मेरी जानु” गीत सार्वजनिक

Next Post

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार