Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
January 30, 2025
in समाचार
0
निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यसअनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वाधार विकासको क्रम जारी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले बहुतै असहज राजनीतिक अस्थिरताजस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाउनुभयो ।

पूर्वाधार विकासका क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउँदै अन्य विमानस्थल विस्तारका साथै नदीको बाटोबाट समुद्रसम्म पहुँच विस्तार गराउने काम भइरहेकाले यी सबै उद्योग–व्यवसायको विकास तथा मुलुकलाई सम्पन्न बनाउनका लागि थालिएको स्पष्ट गर्नुभयो ।

नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो भएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृत्रिम बौद्धिकताबारे नीतिगत स्पष्टता गरी कानुनी प्रबन्ध गर्ने र सूचना प्रविधि क्षेत्रको व्यवसायिक विकासका लागि सरकारले ल्याएका अध्यादेश उपयोगी हुने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशले उद्याृेग–व्यवसाय क्षेत्रमा सकारात्मक आशा प्रवाह भएको बताउनुभयो । नेपाल, भारत, पाकिस्तानलगायत मुलुकका गरी एक सय २५ प्रदर्शनी कक्ष रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।

Previous Post

रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म

Next Post

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने

RelatedPosts

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो
समाचार

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

July 8, 2025
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता
समाचार

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

July 8, 2025
प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति
समाचार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

July 7, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे
समाचार

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

July 6, 2025
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या
प्रदेश १

भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

July 6, 2025
Next Post
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार