रामेछाप । रामेछापका कुनै पनि सरकारी गाडि घर लैजान मात्र पास नबन्ने कुरा रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताएका छन।
रामेछापमा हाजिर भए सँगै सोमबार भएको पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले सरकारि गाडी चडेर घर जानु दुरुपयोग भएको बताए। उनले कतिपयले सरकारी गाडी लिएर फिल्म हेर्न गएको कुरा समेत उल्लेख गरे।
रामेछापका अधिकांश कार्यालयका कार्यलय प्रमुख र जनप्रतिनिधिहरुले सरकारि गाडी लिएर घर जाने गरेका छन।
शुक्रबार सरकारि गाडी लिएर जाने र आइतबार बिहान मात्र कार्यलय आउने कुरालाई जिल्लावासीहरुले सरकारी सवारि साधनको दुरुपयोग गरेको भन्ने बुझेका छन।
सरकारि साधन लिएर अधिकांश जनप्रतिनिधि र रकर्मचारीहरु क्रिया, घ्यावा देखि देखि बिबाह ब्रतबन्ध देखि पुजा खानसमेत जाने गरेको गुनासो नागरिकहरु गर्छन् ।
श्रीमती लिएर मन्दिर जाने छोराछोरी लिएर स्कुल सम्म पुर्यान सरकारी गाडी प्रयोग गरेको समेत गुनासो छ।
सरकारि साधन बिदाको दिन चलाउन अनिवार्य पास लिनुपर्ने गृह मन्त्रालयको निर्देशन छ। पास लिदाँ सवारी साधन प्रयोग गर्ने कारण सहित प्रशासनमा निवेदन दिनुपर्ने प्रमुख जिल्ला अधिकारी थापाले जनाएका छन।







