Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मेरो मुख्य जिम्मेवारी विद्यार्थीहरूलाई कक्षा कोठामा अध्यापन गर्नु हो।

दोभानचौर खबर by दोभानचौर खबर
May 22, 2025
in शिक्षा
0
मेरो मुख्य जिम्मेवारी विद्यार्थीहरूलाई कक्षा कोठामा अध्यापन गर्नु हो।
13
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

प्रगतिशील माध्यमिक विद्यालय, भीरपानीकी शिक्षिका इन्द्रकला रायमाझीसँग विचार मञ्चको विशेष संवाद ( बिचार मंच मासिक पत्रीका बाट सम्भार)

विचार मञ्चको टोली खाँडादेबी गाउँपालिका–३, भीरपानी, रामेछापमा अवस्थित प्रगतिशील माध्यमिक विद्यालयमा पुग्यो। उक्त भ्रमणको अवसरमा विगत लामो समयदेखि शिक्षणमा समर्पित शिक्षिका इन्द्रकला रायमाझीसँग हामीले विस्तृत कुराकानी गर्ने अवसर पायौं। प्रस्तुत छ उहाँसँग गरिएको प्रेरणादायी अन्तर्वार्ता:

१. तपाईंको नाम, विद्यालय, र हालको जिम्मेवारीबारे केही जानकारी दिनुहोस्।
मेरो नाम इन्द्रकला रायमाझी हो। म प्रगतिशील माध्यमिक विद्यालय, भीरपानीमा कार्यरत छु। हाल म कक्षा शिक्षिका पदमा रही शिक्षण कार्यमा संलग्न छु, जहाँ मेरो मुख्य जिम्मेवारी विद्यार्थीहरूलाई कक्षा कोठामा अध्यापन गर्नु हो।
वि.सं. २०७२ देखि २०७८ सम्म प्रधानाध्यापकको रूपमा कार्य गर्दा प्राप्त अनुभव र जिम्मेवारीप्रति प्रतिबद्धता अझ बढेको छ। हाल पनि विद्यार्थीहरूको शैक्षिक गुणस्तर, व्यक्तित्व र नेतृत्व विकासका लागि अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको पूर्ण समर्थन र विश्वास पाइरहेको छु, जसलाई इमानदारीपूर्वक वहन गर्नु मेरो कर्तव्य हो भन्ने गम्भीर अनुभूति गरेको छु।”

२. शिक्षण पेशा कहिले र किन रोज्नुभयो?
मैले २०५२ साल चैत्र २९ गतेदेखि शिक्षण पेशा सुरु गरेकी हुँ। यो पेशा रोज्नुका दुई मुख्य कारण थिए—पहिलो, आमाबुबाको चाहना अनुसार घर नजिकै रोजगारी गर्न; र दोस्रो, समाजमा व्याप्त “छोरीलाई पढाएर के हुन्छ?” भन्ने सोचको खण्डन गर्दै उदाहरण बन्ने अभिप्रायले।

३. सरकारी विद्यालयमा शिक्षिका हुनुको अनुभव कस्तो रह्यो?
सरकारी विद्यालयमा कार्य गर्दा विविध चुनौतीहरूको सामना गर्नुपर्छ—शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रयास, अभिभावकहरूको न्यून चासो, र शिक्षित अभिभावकको अभाव प्रमुख हुन्। यस्ता चुनौतीहरूबीच कार्य गर्दा आत्मसन्तुष्टि पनि मिल्छ।

४. तपाईंको दृष्टिमा शिक्षा महिला सशक्तिकरणको प्रमुख आधार कसरी हो?
शिक्षा मानव विकासको मूल आधार हो। पहिले चुलोचौकामा सीमित महिलाहरू आज विश्वस्तरीय प्रतिस्पर्धा गर्नसक्ने भएका छन्। शिक्षित महिलाले परिवारदेखि समाजसम्म सकारात्मक रूपान्तरण ल्याउन सक्छन्।

५. तपाईंलाई आफ्नो पेशामा लैङ्गिक असमानता वा चुनौतीहरूको सामना गर्नुपरेको छ?
मैले त्यस्तो उल्लेखनीय लैङ्गिक असमानता भोगेकी छैन। बरु शिक्षण पेशामा महिलाहरूलाई विश्वास, समर्थन र प्रोत्साहन प्राप्त भएको अनुभव गरेको छु।

६. तपाईंको विद्यालयमा छात्राहरूको उपस्थिति र सक्रियता कस्तो छ?
छात्राहरूको उपस्थिती र सहभागिता निकै उल्लेखनीय छ। उनीहरू शैक्षिक तथा अतिरिक्त गतिविधिमा अग्रणी छन् र नेतृत्व प्रदर्शन गर्न सक्ने क्षमतावान छन्।

७. आजको समाजमा महिलाको भूमिका अघिल्लो पुस्ताको तुलनामा कति परिवर्तन भएको देख्नुभएको छ?
अघिल्लो पुस्ताको तुलनामा अहिले महिलाहरूको सहभागिता शिक्षा, स्वास्थ्य, राजनीति र सामाजिक क्षेत्रहरूमै अभूतपूर्व रूपमा बढेको छ। यद्यपि, कानुनी अधिकारहरूको व्यवहारिक कार्यान्वयनमा अझै केही समय लाग्न सक्छ।

८. तपाईं आफैंलाई महिलाका लागि प्रेरणाको स्रोत मान्नुहुन्छ?
ठूलो दाबी त गर्न सक्दिन, तर महिला शिक्षाको पहुँच सुनिश्चित गरिनुपर्छ भन्ने धारणा बोकेर म शिक्षा तथा सामाजिक गतिविधिमा सक्रिय छु। त्यसैले प्रेरणाको स्रोत बन्ने चाहना राखेकी छु।

९. शिक्षिकाको रूपमा तपाईंलाई सबैभन्दा गर्वको क्षण कुन रह्यो?
शुरुवाती दिनमा मेरो उमेरकी छोरीहरू विद्यालय जान पाउँदैनथे। पढाइ सकेपछि मैले उनीहरूका लागि बालिका शिक्षा कार्यक्रम सञ्चालन गरेँ, जसका कारण अहिले उनीहरू विद्यालय आउन थालेका छन्। यही कार्यले मलाई अत्यन्त गर्व दिएको छ।

१०. युवतीहरूलाई शिक्षिका बन्न प्रेरित गर्न तपाईंको सन्देश के छ?
शिक्षण पेशा केवल रोजगारीको माध्यम होइन, समाज परिवर्तन र नेतृत्व विकासको आधार हो। आत्मविश्वास र क्षमता विकास गर्न चाहने युवतीहरूले यो पेशालाई सम्मानपूर्वक अँगाल्नुपर्छ।

११. महिला शिक्षकका लागि सरकारले के–कस्ता सुधारात्मक पहल गर्नुपर्छ भन्ने लाग्छ?
महिला शिक्षकको सशक्तिकरणका लागि सरकारले आरक्षण दरबन्दीको सुनिश्चितता, घर नजिकैको कार्यस्थल, सुत्केरी तथा बिरामी विदामा वृद्धि, नेतृत्व भूमिकामा प्राथमिकता, र प्रशासनिक तहमा सहभागिता बढाउनुपर्छ। साथै, स्थानीय तहले समेत महिला शिक्षकहरूका लागि सहयोगी वातावरण सिर्जना गर्नुपर्छ।

१२. पारिवारिक जीवन र पेशागत जिम्मेवारीबीच सन्तुलन कसरी मिलाउनुहुन्छ?
सानैदेखि जिम्मेवारीपूर्वक जीवन बिताउँदै आएकोले दुवै पक्ष सन्तुलनमा राख्न सहज भएको छ। जीवनका हरेक पानालाई सकारात्मक सोचका साथ पल्टाउँदै अघि बढ्ने प्रयास गरिरहेकी छु।

१३. शिक्षिकाका रूपमा तपाईंले कसैको जीवनमा परिवर्तन ल्याउनुभएको कुनै प्रसंग छ?
पहिले विद्यालय जान नपाएका छोरी साथीहरूका लागि मैले विशेष बाल शिक्षा कार्यक्रम सञ्चालन गरेकी थिएँ। उनीहरू विद्यालय आउन थालेपछि जीवनमा आएको परिवर्तन देख्दा मलाई सधैं सन्तोष मिल्छ।

१४. थकान वा निराशाको बेला तपाईंलाई प्रेरित राख्ने उपाय के हो?
म कुनै विशेष मन्त्रमा विश्वास गर्दिन। थकान वा निराशाको बेला केही समय मौन बस्छु, सोच्दछु र समाधान खोज्ने प्रयत्न गर्छु।

१५. ग्रामीण समुदायमा शिक्षिका भएर काम गर्दा कस्ता चुनौतीहरू आउँछन्?
अभिभावकहरूको विद्यालयप्रतिको चासोको अभाव, शिक्षित अभिभावकको कमी, र विद्यार्थीहरूको अनियमित उपस्थिति जस्ता समस्या मुख्य चुनौती हुन्।

१६. अभिभावक र समाज महिला शिक्षिकाप्रति कति सकारात्मक छन् भन्ने अनुभव गर्नुभएको छ?
अघिल्लो समयहरूमा “बिहे गर्छन्, विदामा बस्छन्” भन्ने सोच प्रबल थियो। तर अहिले “सक्षम शिक्षक भए पुग्छ” भन्ने धारणा विस्तार हुँदै गएको छ, जुन सकारात्मक परिवर्तन हो।

१७. विद्यालयको माध्यमबाट तपाईंले समुदायमा ल्याउन चाहनुभएको परिवर्तन के हो?
लैङ्गिक समानता, जातीय भेदभाव र अन्धविश्वासको अन्त्य, महिला नेतृत्वको विकास, स्वेच्छिक विवाह, आत्मनिर्भरता र राजनीतिक सहभागिता जस्ता परिवर्तन ल्याउने उद्देश्यले कार्यरत छु।

१८. अहिलेको शिक्षण प्रणालीमा प्रविधिको प्रयोग कति उपयोगी लाग्छ?
प्रविधि आजको शिक्षण प्रक्रियाको अभिन्न अंग बनेको छ। प्रविधिको प्रयोगबिना शिक्षण अपूर्ण रहन्छ भन्ने बुझाइले म निरन्तर यसको प्रयोग गर्दै आएकी छु।

१९. तपाईंले कक्षा कोठामा प्रयोग गर्ने कुनै नवीन वा रचनात्मक विधिहरू छन्?
विद्यार्थीको रुचि, विषयवस्तु र समयअनुसार म शिक्षण विधिमा विविधता ल्याउने प्रयास गर्छु। विभिन्न मनोरञ्जनात्मक तथा खोज अनुसन्धान पद्धतिहरू अपनाई सिकाइलाई प्रभावकारी बनाउने कोसिस गर्छु।

२०. महिला शिक्षिकाको संख्यामा वृद्धि गर्न र उनीहरूलाई नेतृत्वमा ल्याउन के गर्नुपर्छ भन्ने लाग्छ?
स्थानीय तहमा रोजगारी सिर्जना, महिला नेतृत्व विकास कार्यक्रम, “घर फर्क” अभियान, कृषि तथा सीपमूलक कार्यक्रमहरूको प्राथमिकता, र आरक्षण दरबन्दी जस्ता उपायहरू अवलम्बन गर्न आवश्यक छ।
इन्द्रकला रायमाझीजस्तो समर्पित शिक्षिका ग्रामीण समुदायमा शिक्षा, सशक्तिकरण र सामाजिक परिवर्तनको ज्वलन्त उदाहरण हुन्। उहाँको जीवन र अनुभवबाट आजका युवतीहरू मात्र होइन, समाजका हरेक वर्गले प्रेरणा लिन सक्छन्।

Previous Post

रामेछाप प्रशासनको नयाँ प्रयास : घरमै बसेर गुनासो र सुझाव दिन मिल्ने क्यूआर कोड सार्वजनिक

Next Post

बैतडीमा दुई पटक भूकम्पको धक्का

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल
शिक्षा

गुणस्तरीय शिक्षाका लागि सबैको जिम्मेवारी : किताब जात्रामा मन्त्री खरेल

December 11, 2025
शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग
शिक्षा

शिक्षामन्त्री पुनसमक्ष महासंघको ध्यानाकर्षण: सरुवा निर्देशिका खारेजदेखि ९ बुँदे सहमतिको कार्यान्वयनसम्म माग

November 26, 2025
Next Post
लमजुङमा भूकम्पको धक्का महसुस

बैतडीमा दुई पटक भूकम्पको धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार