Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

दोभानचौर खबर by दोभानचौर खबर
January 8, 2026
in शिक्षा, शिक्षा र स्वास्थ्य खबर
0
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
105
SHARES
244
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका वडा नं २ स्थित बाल ताम्राकौशी आधारभूत विद्यालयमा करिब ३६ वर्ष ३ महिना ५ दिनसम्म शिक्षण पेशामा समर्पित रही विद्यालयको सुरुवातदेखि हालसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनु भएका लेख बहादुर खत्री औपचारिक रूपमा सेवा निवृत्त भएक छन।
खत्रीको शिक्षकीय यात्रा पाठ्यपुस्तकमा सीमित नभई अनुशासन, संस्कार, नैतिकता र मानवताको पाठ विद्यार्थीहरूका मनमा रोप्ने अभियानजस्तै रह्यो। सरल स्वभाव, स्नेही व्यवहार र समर्पित अध्यापन शैलीका कारण उहाँ विद्यार्थी, अभिभावक तथा स्थानीय समाजका बीच प्रिय शिक्षकका रूपमा परिचित थिए।
उहाँको योगदानको कदरस्वरूप विद्यालय परिवार, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय समाज तथा पूर्व विद्यार्थीहरूको उपस्थितिमा सम्मानसहित विदाई कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागी सम्पूर्ण गाउँवासी उहाँले विद्यालय र समाजमा पुर्‍याएको अमूल्य योगदान सम्झँदै भावुक बनेका थिए।
विदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले शिक्षक खत्रीले विद्यालय, विद्यार्थी र समाजप्रति पुर्‍याएको योगदान कहिल्यै भुल्न नहुने उल्लेख गर्नुभयो।
त्यसैगरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनक खत्रीले ३६ वर्षभन्दा बढी समयसम्म शिक्षाको उज्यालो बाल्नु भएका शिक्षक खत्रीप्रति सम्मान व्यक्त गर्दै उहाँको उत्तरजीवन स्वस्थ, शान्त र प्रेरणादायी रहोस् भन्ने शुभकामना दिनुभयो। उहाँले लेख बहादुर खत्रीलाई केवल शिक्षक मात्र नभई समग्र गाउँ समाजको अभिभावकको रूपमा स्मरण गर्नुभयो।
कार्यक्रमपछि स्थानीय अभिभावक तथा विद्यार्थीहरूले बाजा–गाजासहित उहाँलाई घरसम्म पुर्‍याउँदै भावुक विदाई गरेका थिए।
३६ वर्ष ३ महिना ५ दिनको सेवापछि शिक्षण सेवाबाट अवकाश भए पनि शिक्षक लेख बहादुर खत्रीले छोडेका ज्ञान, संस्कार र प्रेरणाका पदचिन्हहरू विद्यालय र गाउँ समाजमा सधैं जीवित रहनेछन्।

Previous Post

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा

Next Post

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
Next Post
समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

समानुपातिकतर्फको मतपत्र छपाइ आजदेखि सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार