Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

दोभानचौर खबर by दोभानचौर खबर
July 4, 2025
in समाचार
0
राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

राष्ट्रियसभा बैठक काठमाडौँ, २० असारः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २० असार

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन्। राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राख्नुभएको थियो। उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो।

त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तरराष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको स्पष्ट पार्नुभयो।

“नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार आवश्यक छ। यसबाट पर्नसक्ने असर कम गर्न नीतिगत व्यवस्था गरिएको हो। यसबाट सुनको कारोबार पादरर्शी हुनेछ, कारोबारलाई करको दायरामा ल्याउँछ, अवैध कारोबार अन्त्य हुन्छ”, उहाँले भन्नुभयो।

राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले विनियोजन, राजस्व अनुमान, अन्तरराष्ट्रिय सहयोग, आन्तरिक ऋणलगायत आधारमा आगामी आवको बजेट उत्कृष्ट सावित भएको जिकिर गर्नुभयो। उहाँले आन्तरिक ऋण उत्पादन र उत्पादकत्व वृद्धि तथा पुँजीगत खर्चका निम्ति परिचालित हुने विश्वास दिलाउनुभयो।

सभाले ती विधेयकका सम्बन्धमा सांसदहरुले राख्नुभएका सुझाव बहुमतले अस्वीकृत गरेको थियो। राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मङ्गलबार अपराह्न १ः१५ बजे  बस्नेछ।रासस

Previous Post

एभरेष्ट बैंकले महोत्तरी बर्दिबासमा १३३औं शाखा विस्तार गर्‍यो

Next Post

शिक्षाको न्यानोपन: भरतप्रसाद चौलागाईंको अभियान बालबालिकाकाे भविष्यप्रति समर्पण

RelatedPosts

 रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु
समाचार

 रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

February 10, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
समाचार

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

January 26, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
जाँचबुझ आयोगको म्याद २० दिन थप
राजनीति

जाँचबुझ आयोगको म्याद २० दिन थप

January 22, 2026
मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन
समाचार

मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन

January 21, 2026
जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का
दाेभानचाैर आज

जिल्ला प्रशासन कार्यालयको कामप्रति हामी सन्तुष्ट छौँ: अध्यक्ष खड्का

January 13, 2026
Next Post
शिक्षाको न्यानोपन: भरतप्रसाद चौलागाईंको अभियान बालबालिकाकाे भविष्यप्रति समर्पण

शिक्षाको न्यानोपन: भरतप्रसाद चौलागाईंको अभियान बालबालिकाकाे भविष्यप्रति समर्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार