Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृति एकतामा बाँध्ने कार्य गर्नुभयो : सभामुख घिमिरे

दोभानचौर खबर by दोभानचौर खबर
July 13, 2025
in समाचार
0
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असार २९

सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने ऐतिहासिक कार्य आदिकवि भानुभक्त आचार्यबाट शुरू भएको बताउनुभएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा आज राजधानीमा आयोजित भानुभक्तको २१२औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाली भाषी समुदायमा भानुभक्तप्रतिको सम्मान विश्वभर फैलिएको बताउनुभयो। उहाँले नेपाली भाषालाई अझ व्यापक बनाउन र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न समर्पित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

सभामुख घिमिरेले युवापुस्ताबीच भानुभक्तका विचार प्रवाह गर्न अझै गम्भीर प्रयास हुनुपर्ने उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिका माध्यमबाट राष्ट्र निर्माणमा योगदान दिने वातावरण बनाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसै अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई आजको स्तरमा ल्याउन भानुभक्तको योगदान उल्लेखनीय रहेको बताउनुभयो। रामायणको नेपाली अनुवादमार्फत उहाँले नेपाली भाषा संसारभर फैलाउन भूमिका खेलेको उहाँको भनाइ थियो।

प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तनहुँमा विभिन्न भाषाभाषीका आदिकविहरूको प्रतिमा निर्माणको तयारी हुनु सुखद पक्ष भएको बताउनुभयो। प्रतिष्ठानले पनि विविध भाषाभाषीका प्रतिमाहरू निर्माण गर्ने योजना अघि बढाएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा सम्मानित व्यक्तित्व साहित्यकार तुलसी दिवसले भाषा, साहित्य र संस्कृतिलाई केवल प्रदर्शनको विषय नबनाई त्यसका स्रष्टालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आफूले ९० भन्दा बढी देशमा नेपाली साहित्य र संस्कृति प्रस्तुत गरेर सम्मान प्राप्त गरेको अनुभव पनि साझा गर्नुभयो।

साहित्यकार डा. नवराज लम्साल, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, भानु प्रतिष्ठानका पदाधिकारीलगायत वक्ताहरूले पनि आदिकवि भानुभक्तको योगदानलाई स्मरण गर्दै नेपाली भाषा, साहित्य र सांस्कृतिक एकता निर्माणमा उहाँको भूमिका अतुलनीय रहेको बताएका थिए।

कार्यक्रमअघि रानीपोखरीस्थित भानु प्रतिमाबाट सुरु भएको र्‍याली प्रज्ञा प्रतिष्ठानको परिसरमा पुगेर समापन भएको थियो।

भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो। संस्कृत भाषामा रहेको अध्यात्म रामायणलाई नेपालीमा अनुवाद गरी नेपाली साहित्यको जग निर्माणमा ऐतिहासिक योगदान दिने भानुभक्तको निधन वि.सं. १९२५ असोज ६ गते भएको थियो।

Previous Post

नेपालमा नपाइने क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय  

Next Post

स्पेन गएर नफर्किएका प्रकरणमा गृहमन्त्रीले छानबिनको आदेश

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

स्पेन गएर नफर्किएका प्रकरणमा गृहमन्त्रीले छानबिनको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार