काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानेछ। यो सम्मेलन नेपालको उच्चस्तरीय उपस्थितिले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने तथा बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने महत्वपूर्ण अवसर मानिएको छ।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य सहभागी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग दुईपक्षीय भेटवार्ता हुने तय भएको छ।
प्रधानमन्त्रीको टोली भदौ १८ गते स्वदेश फर्कनेछ।







