Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रतिनिधिसभा बैठकः उखु किसानका माग समयमै पूरा गर्न आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
August 29, 2025
in दाेभानचाैर आज
0
प्रतिनिधिसभा बैठकः उखु किसानका माग समयमै पूरा गर्न आग्रह

प्रतिनिधिसभा बैठक काठमाडौँ, १३ भदौः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः प्रदीपराज वन्त÷रासस

2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सांसदहरुले माइतीघरमा आन्दोलनरत उखु किसानका माग समयमै पूरा गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनीहरुले उखु किसानको मनोबल वृद्धि गर्न उनीहरुको माग पूरा गर्नुपर्ने र वार्ताको वातावरण तय गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांसद गणेश पराजुलीले उखु किसानका माग समयमै सम्बोधन गर्न आग्रह गरे । उनले लिम्पियाधुरा नेपालकै रहेको प्रमाण रहेको उल्लेख गर्दै लिपुलेक मार्ग प्रयोग गर्न भारत र चीनबीच भएको सम्झौता गलत रहेको बताए । उनले यस विषयमा कूटनीतिक संवाद गर्न सरकारसँग आग्रह गरे ।

सांसद ज्ञानबहादुर शाहीले लिपुलेक र लिम्पियाधुराको विषयमा संयुक्त राष्ट्रसङ्घमा कुरा उठाउनुपर्ने बताए । उनले उखु किसानको अनुदान घटाइएको भन्दै उनीहरुको माग समयमै सम्बोधन गर्न आग्रह गरे । सांसद नारायणप्रसाद साउदले पनि उखु किसान अन्यायमा परेको भन्दै उनीहरुको बक्यौता रकम समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

सांसद अच्युतप्रसाद मैनालीले वन्यजन्तुको आक्रमणका कारण मानवीय क्षति तथा अन्नबाली क्षति भएको जिकिर गर्दै मानव–वन्यजन्तु द्वन्द्व घटाउन पहल गर्न सरकारलाई आग्रह गरे । “बाघको सङ्ख्या बढे पनि बासस्थान चुनौती बनेको छ । बाघ बढेसँगै सर्वसाधारण आक्रमणमा परेका छन् । वन्यजन्तुको बासस्थान व्यवस्थित गर्नुपर्छ,” उनले भने ।

सांसद देवेन्द्र पौडेलले उखु किसानको अनुदान कटौती गर्न नहुनेमा जोड दिए । “किसानले अनुदानमा मल पाउने कुरालाई पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्छ,” उनले भने । सांसद कृष्णकुमार श्रेष्ठले वन्यजन्तुले आक्रमण गर्न थालेपछि सर्वसाधारण सुरक्षित नरहेको भन्दै वन्यजन्तु नियन्त्रणमा सरकारले चासो नदिएको गुनासो गरे।

सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले गरेको तोडफोडविरुद्ध कबाडी व्यवसायी आन्दोलनरत रहेको उल्लेख गर्दै उनीहरुलाई वार्तामा बोलाएर माग सम्बोधन गर्न आग्रह गरिन् । सांसद प्रभु हजराले वीरगञ्जमा हैजा प्रकोप फैलिरहेको भन्दै समयमै त्यसको नियन्त्रण गर्न जोड दिए ।

सांसद शक्तिबहादुर बस्नेतले किसानले गत वर्ष पाउनुपर्ने करिब रु एक अर्ब ५० करोड भुक्तानी पाउन नसकेको जिकिर गर्दै आन्दोलनरत किसानका माग पूरा गर्न सरकार तत्पर रहनुपर्नेमा जोड दिए । सांसद प्रभु साहले कबाडी व्यवसायी र उखु किसानका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

सांसद ठाकुरप्रसाद गैरेले ज्येष्ठ नागरिक र सामाजिक सुरक्षाअन्तर्गत सुविधा लिने नागरिक बायोमेट्रिकका लागि वडा कार्यालय धाए पनि ‘सर्भर डाउन’ भएको भन्दै उनीहरुले दुःख पाइरहेको बताए । “त्यस्ता अशक्त नागरिकहरु चार दिनसम्म वडा कार्यालय धाउँदा पनि काम नभएको पाइयो, उनीहरुलाई घर–घर गएर सुविधा दिनुपर्छ,” उनले भने । सांसदहरु किरणकुमार साह, सूर्यमान तामाङ (दोङ) र शेरबहादुर कुँवरले पनि उखु किसानका माग सम्बोधन गर्नुपर्नेलगायत अन्य समसामयिक विषयमा धारणा राखे। रासस

Previous Post

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

Next Post

संक्रमणकालीन न्याय छिटो दिन सरकार प्रतिबद्ध : मन्त्री चौरसिया

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
संक्रमणकालीन न्याय छिटो दिन सरकार प्रतिबद्ध : मन्त्री चौरसिया

संक्रमणकालीन न्याय छिटो दिन सरकार प्रतिबद्ध : मन्त्री चौरसिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार