Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रिमा सेवा समाजमा नेपाल प्रहरीद्वारा भाेजन सेवा र नवनिर्मित भवनका लागि आर्थिक सहयोग

दोभानचौर खबर by दोभानचौर खबर
August 31, 2025
in समाचार
0
रिमा सेवा समाजमा नेपाल प्रहरीद्वारा भाेजन सेवा र नवनिर्मित भवनका लागि आर्थिक सहयोग
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने संगठन नेपाल प्रहरी । उक्त पवित्र संगठनमा २०७३ साल भदाै ५ गते नियुक्त हुनुभएका प्रहरीहरूले आज ९ वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश गरेकाे अवसरमा ‘रिमा सेवा समाज’लाई भाेजन सेवाका साथै नव निर्मित भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

काठमाडौंको बूढानीलकण्ठस्थित गोल्फुटारमा रहेको रिमा सेवा समाजको आश्रममै पुगेर कैलाश कठयातकाे टाेलीले सेवा प्रवेशको १० औं वर्षकाे खुशीयाली साटासाट गरि केक काटेर भाेजनका साथै नवनिर्मित भवनका लागि सहयाेग गर्नुभएको हाे ।

असहाय मानिसहरुलाई आश्रय दिएर समाजमा पुण्यको काम गरेको संस्थालाई आर्थिक सहयोग गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको कैलाश कठयातले बताउनुभयाे । आजकाे यस पवित्र कार्यका लागि सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सकेकाे सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको जनाउनुभयो ।

आफुले निरन्तर प्रहरीहरूकै सहकार्यमा काम गर्दै आएकाेमा आज प्रहरीहरूले नै समाजमा रहनुभएका आमाबुबालाई भाेजनका साथै नवनिर्मित भवनका लागि आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै समाजकी अध्यक्ष सापकाेटाले विभिन्न अवसरमा संघ, संस्था तथा व्यक्तिहरुले समाजलाई यसरी नै सहयोग गर्दै आएको पनि जानकारी दिनुभयाे ।

बूढानीलकण्ठकै भंगालमा स्थायी आवासका लागि भवन निर्माणको काम जारी रहेकाे र आगामी दिनमा विभिन्न संघ,संस्था र महानुभावहरुबाट सहयोग प्राप्त हुँदै गएमा यसै वर्षभित्र नै भवन निर्माण गरिसक्ने लक्ष रहेकाे सञ्चालिका रिमा सापकाेटाले जानकारी दिनुभयाे । सडकपेटीमा अलपत्र अवस्थामा परेका असहायहरुलाई स्थानीय प्रशासन र प्रहरीको सहयोगमा आश्रय दिइरहेको वहाँकाे भनाइ छ ।आश्रित नागरिक कतिपयलाई परिवारमा नै पुनर्मिलन गराएको त कतिपयको आश्रममै बिबाह समेत गराउने गरेको सापकाेटा बताउनुहुन्छ ।
अध्यक्ष सापकोटाले कैलाश कठायतकाे प्रहरी टाेलीप्रती बिशेष आभार व्यक्त गर्दै समाज कुनै विदेश सहयाेग र सरकारी सहयाेग बिना यस्तै सहयोगी मन र हातका कारण चलेकोले यहाँ रहनुभएका आमाबुबाका लागि एकछाक खाना र नवनिर्मित भवन निर्माणमा सहयोग गर्न चाहनुभएमा ९८४५५०५८९८ मा सम्पर्क गरी मानवीय सेवाका लागि अनुरोध पनि गर्नुभएको छ । ।

पक्कै पनि नेपाली प्रहरी संगठनको निष्पक्षता, तटस्थता र कुशलताबिना समाजमा शान्ति-सुरक्षाको प्रत्याभूति कल्पना पनि गर्न सकिन्न। देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने काम भए पनि नेपाल प्रहरीले त्यसबाहेक देशको सीमा सुरक्षा, चेलीबेटी बेचविखन रोकथाम, लागूपदार्थको कारोबारको रोकथामलगायत कार्य गर्ने दायित्व रहेको छ । समाजमा रहेका अनेकौ समस्याको बारेमा जनचेतना वृद्धि गरी नागरिकलाई सचेत बनाउने कार्यमा पनि त्यत्तिकै सक्रिय रहने नेपाल प्रहरीको योगदान अतुलनीय रहेको पाईन्छ ।

Previous Post

प्रधानमन्त्री ओली र भियतनामी समकक्षी चिङबीच द्विपक्षीय वार्ता

Next Post

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार