काठमाडौं: काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार, रामेछाप घर भई सोही क्षेत्रमा बस्दै आएका हिरा तामाङलाई बिहीबार नियन्त्रणमा लिइएको हो। पीडित पक्षले दिएको उजुरीपछि प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनामा संलग्न आरोपितविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको जनाएको छ।







