Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

दोभानचौर खबर by दोभानचौर खबर
September 25, 2025
in दाेभानचाैर आज, समाचार, समाज
0
विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ।

दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो। “यसअघि इजरायल गएझैँ अन्तर्राष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ” उहाँले भन्नुभयो, “दाइको रिहाइको विषय अन्तर्राष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु।”

विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो। यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ।

गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो। विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ। “सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ”, विपिनका बुबा महानन्द जोशीले भन्नुभयो, “विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्ष बित्यो। अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस्।”

सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए। आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। रासस

Previous Post

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन

Next Post

भूमि समस्या समाधान आयोग खारेजगर्ने निर्णय , १,४४४ पदाधिकारी र कर्मचारी बेरोजगार

RelatedPosts

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने
समाचार

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरुहुने

November 17, 2025
गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
दाेभानचाैर आज

आज केन्द्रीय सुरक्षा समितिको बैठक

November 16, 2025
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
समाचार

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

November 14, 2025
जाँचबुझ आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङलाई स्थान हद
समाचार

जाँचबुझ आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङलाई स्थान हद

November 13, 2025
प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता
समाचार

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

November 13, 2025
वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने
समाचार

वर्षाका कारण धान उत्पादनमा तीन लाख मेट्रिक टनले कमी आउने

November 12, 2025
Next Post
भूमि समस्या समाधान आयोग खारेजगर्ने निर्णय , १,४४४ पदाधिकारी र कर्मचारी बेरोजगार

भूमि समस्या समाधान आयोग खारेजगर्ने निर्णय , १,४४४ पदाधिकारी र कर्मचारी बेरोजगार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार