Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत, मतदान माघ ११ गते हुने

दोभानचौर खबर by दोभानचौर खबर
November 6, 2025
in राजनीति, समाचार
0
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगले पुस २० गतेदेखि निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कार्यतालिकामा मनोनयन दर्ता, दाबी–विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनलगायतका चरणहरू समावेश छन्। उनले आयोगले आन्तरिक व्यवस्थापन र प्रशासनिक सहजताका लागि तालिका स्वीकृत गरेको जानकारी दिँदै आवश्यक परे संशोधन गर्न सकिने बताए।

कार्यतालिका अनुसार आयोगले मङ्सिर पहिलो साता निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गर्नेछ। एक साताको समयसीमा दिइनेछ र प्राप्त निवेदनहरूको छानबिनपछि मङ्सिर दोस्रो साता दल दर्ता स्वीकृत गर्दै निर्वाचन चिह्न प्रदान गरिनेछ।

यससँगै आयोगले मङ्सिर दोस्रो साताभित्रै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएको छ। कात्तिकभित्रै मतदाता नामावली तयारी, निर्वाचन सामग्रीको पहिचान र मौज्दात विश्लेषण कार्य सम्पन्न गरिनेछ भने पुस पहिलो साता मतदाता नामावली सार्वजनिक गरिनेछ।

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुख सम्मिलित निर्वाचकमण्डलले मतदान गर्नेछन्। आगामी फागुन २० गते १९ सदस्यको पदावधि समाप्त हुने भएकाले सोभन्दा करिब ४० दिनअघि निर्वाचन हुने तय भएको हो। तीमध्ये १८ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत सदस्यको कार्यकाल सकिँदैछ।

आयोगको तालिका अनुसार पुस पहिलो साता मतदान स्थल र केन्द्र निर्धारण, दोस्रो साता निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुनेछ। पुस अन्तिम साता मतपत्र छपाइलगायतका काम सुरु हुने र माघ पहिलो साता प्रचार–प्रसार अवधि रहनेछ। मतदानभन्दा ४८ घण्टा अघि मौन अवधि सुरु हुनेछ।

नेपाल सरकारको मन्त्रिपरिषद्‌ले कात्तिक १२ गतेको बैठकबाट माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति तोकेको थियो। ऐनअनुसार पदावधि समाप्त हुने सदस्यको निर्वाचन मिति सो पद रिक्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि तोक्नुपर्ने व्यवस्था छ। सरकारले मिति तोकेसँगै निर्वाचन आयोगले सम्पूर्ण तयारी अघि बढाएको जनाएको छ।

Previous Post

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

Next Post

आज अपराह्न स्वदेश फर्कदै राष्ट्रपति पौडेल

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन
राजनीति

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन

April 27, 2026
Next Post
आज अपराह्न स्वदेश फर्कदै राष्ट्रपति पौडेल

आज अपराह्न स्वदेश फर्कदै राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार