Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

दोभानचौर खबर by दोभानचौर खबर
November 14, 2025
in समाचार
0
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड) परिमार्जन गरी लागू गरेको छ। पुरानो भवन संहितामा रहेका अव्यावहारिक, अन्तर्राष्ट्रिय मापदण्डसँग नमेलिने तथा डिजाइन–निर्माण प्रक्रियामा अनावश्यक खर्च बढाउने प्रावधानहरू परिमार्जन गरी नयाँ कोड सार्वजनिक गरिएको हो।

परिमार्जित कोड बिहीबार राजपत्रमा प्रकाशितसँगै कार्यान्वयनमा आएको छ। नयाँ संहिताले भवनसँगै जलविद्युत आयोजना, बाँध, विद्युतगृह तथा सुरुङसहितका भूमिगत संरचना निर्माणका लागि पनि स्पष्ट प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।

शहरी विकास मन्त्री कुलमान घिसिङले संशोधित भवन संहिता सुरक्षित भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम भएको उल्लेख गरे। उनका अनुसार नयाँ कोडअनुसार निर्माण भएका संरचनाले सम्भावित भूकम्पबाट हुन सक्ने मानविय तथा संरचनागत क्षति न्यून गर्ने विश्वास गरिएको छ। साथै, सबै स्थानीय तह, इन्जिनियर तथा नागरिकलाई कोड कडाइका साथ पालन गर्न आग्रह गरे।

नयाँ कोडअन्तर्गत ७५३ वटै स्थानीय तह समेटेर अद्यावधिक सिस्मिक जोनिङ म्याप तयार गरिएको छ, जसले प्रत्येक स्थानका लागि भूकम्पीय जोखिमअनुसार डिजाइनमा आवश्यक मार्गदर्शन प्रदान गर्छ। काठमाडौँ उपत्यकाको माटोको विशेष वर्गीकरण नक्सा समावेश गरिएको छ। साथै, लोड संयोजन सूत्रमा हिमपात, तरल पदार्थको दबाब र माटोको दबाबसमेत समेटेर स्थायित्व परीक्षणका समीकरणहरू अद्यावधिक गरिएको छ।

संरचनाको लचिलोपन वृद्धि गर्ने नयाँ मापदण्डले भवनलाई भूकम्पीय ऊर्जा वहन गर्न अझ सक्षम बनाउनेछ। अग्ला भवनका कमजोरी मानिने सफ्टस्टोरी र टोर्सनल इरेगुलरिटी नियन्त्रणमा सुधार गरिएकाले निर्माण खर्च पनि कम हुने अपेक्षा गरिएको छ।

नयाँ कोड तयार गर्न डिजाइनर, स्ट्रक्चरल इन्जिनियर, सिनेप, विभिन्न पेशागत संघ–संस्था तथा शैक्षिक क्षेत्रका विज्ञहरूसँग व्यापक छलफल तथा परामर्श लिइएको शहरी विकास मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय कोडहरू अध्ययन गरी प्रयोगमै सहज, सरल र समयानुकूल प्रणाली विकास गरिएको हो।

अन्तर्राष्ट्रिय मापदण्डहरू अपुग हुँदा पुरानो कोडले डिजाइनमा प्राविधिक चुनौती सिर्जना गर्दै आएको थियो। संशोधित संहिताले भूकम्पीय क्षति न्यून गर्ने, मानव सुरक्षा बढाउने, डिजाइन–निर्माण प्रक्रियामा एकरूपता ल्याउने, स्थानीय तहमा भवन स्वीकृति वैज्ञानिक आधारमा गर्न सहज बनाउने, दीर्घकालीन लागत घटाउने तथा इन्जिनियर र डिजाइनरका लागि स्पष्ट दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ।

Previous Post

जाँचबुझ आयोगद्वारा पूर्व प्रहरी महानिरीक्षक खापुङलाई स्थान हद

Next Post

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

राष्ट्रिय परिचयपत्र हुनेलाई घरैबाट मतदाता नामावली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार