काठमाडौं: पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र निर्माता पृथ्वीनारायण शाह को सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छन्।
सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आज आयोजित विशेष समारोहमा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण अर्पण गरेकी हुन्।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले पनि राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरेका थिए। कार्यक्रममा नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो।
उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।







