काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ, सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताएकी छन्।
आज मन्त्रालयमा पदबहालीका क्रममा उनले सेवा प्रवाहलाई नागरिकमैत्री, चुस्त र प्रभावकारी बनाउन जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिइन्।
“यो मन्त्रालय मेरा लागि नयाँ भए पनि प्रशासनिक क्षेत्रमा पर्याप्त अनुभव हासिल गरेको छु,” उनले भनिन्, “परिणाम देखिने नतिजा दिन सबैले जिम्मेवारीका साथ लाग्नुपर्छ।” यसअघि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सचिवको जिम्मेवारीमा थिइन्।







