Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

दोभानचौर खबर by दोभानचौर खबर
May 17, 2026
in समाचार
0
देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: सरकारले हाल देशमा करिब आठ महिनासम्म पुग्ने चिनी मौज्दात रहेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीलगायत अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने र मूल्य स्थिर राख्ने काम निरन्तर भइरहेको स्पष्ट पारेको हो।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता तथा सरोकारवालालाई चिनीलगायत दैनिक उपभोग्य वस्तुको अनावश्यक सञ्चिति नगर्न आग्रह गरेका छन्। भारतले वैशाख ३० गतेदेखि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिप्रति सरकार सचेत रहेको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल सञ्चालनमा रहेका स्वदेशी उद्योगबाट उत्पादन भएको चिनी र आयात भइसकेको परिमाणलाई आधार मान्दा बजारको माग धान्न पर्याप्त मौज्दात छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड तथा निजी क्षेत्रसँग रहेको चिनीसमेत जोड्दा करिब आठ महिनाको माग पूरा गर्न सकिने उल्लेख गरिएको छ।

यसअघि नेपाल चिनी उत्पादक संघले पनि बजारमा चिनी अभाव नरहेको र मूल्य वृद्धि नभएको स्पष्ट पारेको थियो। संघका अनुसार उद्योगमा करिब एक लाख आठ हजार मेट्रिक टन चिनी मौज्दात छ भने बजारमा थप करिब २० हजार मेट्रिक टन चिनी उपलब्ध छ।

मन्त्रालयले चिनीको मूल्य नियन्त्रण तथा कृत्रिम अभाव रोक्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्न उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना कार्यान्वयन भइरहेको पनि उल्लेख गरिएको छ।

उखु उत्पादन वृद्धि गर्न कृषि मन्त्रालयले उन्नत जातको उखु प्रवर्द्धन, आधुनिक प्रविधिको प्रयोग तथा किसानलाई आवश्यक सहजीकरण गर्ने कार्यक्रम अघि बढाएको छ।

Previous Post

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

Next Post

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार