Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

दोभानचौर खबर by दोभानचौर खबर
June 26, 2026
in दाेभानचाैर आज
0
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
20
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवर ले रामेछापका नागरिकलाई कानुनी राज्यको वास्तविक अनुभूति हुने गरी प्रशासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
शुक्रबार जिल्लास्थित सञ्चारकर्मीसँग आयोजित पहिलो परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुँवरले शान्ति सुरक्षा, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताइन्। उनले कानुनको निष्पक्ष कार्यान्वयन गर्दै नागरिकको विश्वास जित्ने गरी प्रशासन अघि बढ्ने स्पष्ट पारिन्।
जिल्लामा कानुनी राज्यको अनुभूति गराउने, शान्ति सुरक्षा कायम गर्ने र सुशासन प्रवर्द्धन गर्दै प्रशासनले निर्वाह गर्नुपर्ने सबै जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छु, उनले भनिन्।
कुँवरले रामेछापको भौगोलिक विकटता, विकासका चुनौती र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै प्रशासनले परिणाममुखी ढंगले काम गर्ने बताइन्। पत्रकारहरूबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आवश्यक समन्वय र कार्यान्वयनका लागि पहल गर्ने उनको प्रतिबद्धता थियो।
अरूलाई परिवर्तनको सन्देश दिनुभन्दा पहिले परिवर्तन आफ्नै व्यवहारबाट सुरु हुनुपर्छ भन्ने मान्यताका साथ काम गर्नेछु, उनले भनिन्। सबै सरोकारवालासँग सहकार्य, समन्वय र पारदर्शितामार्फत प्रशासनलाई अझ जिम्मेवार, उत्तरदायी र प्रभावकारी बनाइने उनले उल्लेख गरिन्।
कार्यक्रममा सहभागी पत्रकारहरूले पहिरो प्रभावितहरूको व्यवस्थापन, जलविद्युत् आयोजनाबाट उत्पन्न स्थानीय समस्या, सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन, बजार अनुगमन तथा सार्वजनिक यातायात क्षेत्रमा देखिएका चुनौतीबारे प्रशासनको ध्यानाकर्षण गराएका थिए।
प्रमुख जिल्ला अधिकारी कुँवरले पत्रकारहरूले उठाएका सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गरिने बताउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कानुनको शासन स्थापित गर्दै निष्पक्ष र जनउत्तरदायी प्रशासन निर्माणमा आफू दृढ रहेको समेत बताइन्।

Previous Post

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

Next Post

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

RelatedPosts

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार