Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली–१ को वडा कार्यालय उद्घाटन

दोभानचौर खबर by दोभानचौर खबर
July 8, 2026
in दाेभानचाैर आज
0
मन्थली–१ को  वडा कार्यालय उद्घाटन
23
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, मन्थली नगरपालिका–१ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। वडा अध्यक्ष
होमप्रसाद पौडेलले एक कार्यक्रमका बीच भवनको औपचारिक उद्घाटन गरेका हुन।
उद्घाटन समारोहमा वडाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक अगुवा, ज्येष्ठ नागरिक, कृषक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ वडा कार्यालयबाट नागरिकले थप सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ज्येष्ठ नागरिक सम्मान तथा दुग्ध उत्पादक कृषकलाई दूध बोक्ने क्यान वितरण गरिएको थियो। वडाले ज्येष्ठ नागरिक पुरुषलाई ढाकाको टोपी र ज्वारीकोट लगाएर सम्मान गरेको थियो। सम्मानित ज्येष्ठ नागरिकहरूले वडाको पहलले आफूहरूलाई सम्मानित र आत्मीय महसुस गराएको प्रतिक्रिया दिएका थिए।
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय कृषकलाई दूध बोक्ने क्यान वितरण गरिएको वडा कार्यालयले जनाएको छ। यसबाट दूध संकलन तथा ढुवानी सहज हुने र उत्पादन व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष होमप्रसाद पौडेलले ज्येष्ठ नागरिक समाजका अनुभव र ज्ञानका धरोहर भएकाले उनीहरूको सम्मान, सुरक्षा र आवश्यकताप्रति वडा सरकार सधैं प्रतिबद्ध रहने बताए। अध्यक्षले कृषिलाई वडाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै किसानको उत्पादन वृद्धि, बजारीकरण र आम्दानी अभिवृद्धि गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।
अध्यक्ष पौडेलले नयाँ वडा कार्यालय सञ्चालनसँगै नागरिकले छिटो, सहज र पारदर्शी सेवा पाउने विश्वास व्यक्त गरे। स्थानीयवासीले पनि नयाँ कार्यालय सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरेका छन्। उनीहरूका अनुसार ज्येष्ठ नागरिक सम्मान र कृषकलाई सामग्री वितरणजस्ता कार्यक्रमले सामाजिक सम्मानको संस्कृतिलाई बलियो बनाउनुका साथै कृषि उत्पादन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ।

Previous Post

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार