Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सहकारीको किस्ता तिर्न नसकेर ४५ वर्षीय रामदेवले गरे आत्माहत्या

दोभानचौर खबर by दोभानचौर खबर
January 27, 2023
in अर्थतन्त्र, दाेभानचाैर आज
0
सहकारीको किस्ता तिर्न नसकेर ४५ वर्षीय रामदेवले गरे आत्माहत्या
24
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक (डोम) रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा रामदेवले आत्महत्या गरेकाे परिवारको दाबी छ।

सोमबार राति खाना खाएर सुतेका उनी घरभन्दा करिब ३ सय मिटर दक्षिण–पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। परिवारका अनुसार दुईवटा सहकारी संस्थाबाट गरी एक लाख रुपैयाँ ऋण लिएका उनी किस्ता तिर्न नसक्दा तनावमा थिए।

‘छोराको विवाह गर्दाको वेला गत वैशाख १ गते दुईवटा सहकारी संस्थाबाट ऋण लिएका थियौँ,’ मृतक रामदेवकी श्रीमती उर्मिलादेवीले भनिन्, ‘हरेक महिनाको ९ गते किस्ता तिर्दै आइरहेका थियौँ।’

उनका अनुसार पछिल्लोपटक गत ९ गते किस्ता तिर्ने वेला भइसक्दासमेत पैसाको जोहो हुन सकेको थिएन। ‘मैरै नाममा ०७८ मंसिर १३ मा ग्लोबल आइएमई लघुवित्त सहकारीबाट ९० हजार ऋण लिएका थियौँ। किस्ता पनि चुक्ता गर्दै अहिले ४४ हजार ३ सय ३२ रुपैयाँ सावाँ र २ सय ७१ रुपैयाँ ब्याज तिर्न बाँकी छ,’ उनले भनिन्, ‘महुली लघुवित्त सहकारीबाट पनि १५ हजार रुपैयाँ ऋण लिएकामा अब ४ हजार ३ सय ३ रुपैयाँ ९० पैसा तिर्न बाँकी छ। तर, त्यस्तो किस्ता चुक्ता गर्न त्यो दिन पैसाको जोहो हुन सकेको थिएन।’

गत सोमबार समूहको बैठकमा नगएपछि संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएका थिए। ‘सबैतिर हारगुहार गर्दा पनि पैसाको जोहो नभएपछि कर्मचारीहरू घरमा आउँदा उहाँले घरमा छैन भनिदिनु भन्नुभएको थियो,’ उनले भनिन्, ‘मंगलबार जसरी पनि ऋण बुझाऊ भनेर कर्मचारीले हप्काएर गएपछि उहाँ धेरै नै तनावमा हुनुहुन्थ्यो।’

सोही तनावले नै रामदेवले आत्महत्याको बाटो रोजेको उर्मिलादेवीको दाबी छ। मृतक रामदेवका श्रीमती र दुई छोरा छन्।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताए। ‘ऋणको कुरा पनि आइरहेको छ। तर, अहिले स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘के कारण उनले आत्महत्या गरेको हो हामी अनुसन्धान गरिरहेका छौँ।’

Previous Post

कास्कूनको अध्यक्षमा दीपक पनेरु र नवराज अर्याल भिड्दै

Next Post

फित्कौलीको खित्कौली सभा, कृति लोकार्पण र मट्याङ्ग्रा हानाहान

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
फित्कौलीको खित्कौली सभा, कृति लोकार्पण र मट्याङ्ग्रा हानाहान

फित्कौलीको खित्कौली सभा, कृति लोकार्पण र मट्याङ्ग्रा हानाहान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार