Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मुलुक र जनतालाई ठगी गर्नेलाई सरकारले कुनै हालतमा छाड्दैनः उपप्रधानमन्त्री श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
July 1, 2023
in समाचार
0
मुलुक र जनतालाई ठगी गर्नेलाई सरकारले कुनै हालतमा छाड्दैनः उपप्रधानमन्त्री श्रेष्ठ
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

छेन्दु (चीन) । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताएका छन् । जनवादी चीनको भ्रमणमा रहेका उनले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताए ।

‘कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ’, उनले भने  ।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे ।

‘जो सुकै होस् यो प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन’, उनले भने, ‘अहिले कुनै पार्टीसँग जोडिएका व्यक्ति परेका होलान्, कोही अर्को पार्टीसँग जोडिएका होलान्, अब आउँदा दिनमा अर्को कुनै पार्टीसँग जोडिएको हुन सक्छन्, हामीलाई त्यसको कुनै मतलब छैन, जो भए पनि कारबाही हुन्छ ।’

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उनले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘अपराध कसले गरेको छ, त्यसलाई कानुनको दायरामा ल्याइ छाड्छौँ, देशमा सुशासन स्थापित गरी छाड्छौँ । यो हाम्रो सङ्कल्प हो’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘त्यसले विकास र प्रगतिका निम्ति नयाँ आधार तयार पार्छ । देशमा एउटा आशा पैदा हुन्छ ।’

सुशासन कायम गर्दै मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले विभिन्न कारणबाट विदेशीएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताए । विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिँदै उनले समृद्धिका विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताए ।

आफूले चीन भ्रमणका क्रममा भएका दिपक्षीय भेटवार्तामा नेपालको समृद्धिका बारेमा छलफल गरेको जानकारी दिँदै उनले भने, ‘हाम्रै बुद्धि, विवेक र श्रम पसिना लगाएर विकासको यात्रालाई अगाडि बढाउनुपर्नेमा हाम्रो मात्रै साधन स्रोतले विकासका कुरालाई तीव्र पारेर लक्ष्यमा पुग्न सम्भव छैन । त्यसैले वैदेशिक सहयोगका निम्ति पनि अनुरोध गरिरहेका छौँ ।’

राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तर पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार गर्दै उनले जनताको जीनवस्तर बदल्ने गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

‘राजनीतिक परिवर्तन मात्रै दिएको होइन, हाम्रो पोल्टामा हामीले नै भोग्न पाउने गरी यति चिज दियो भनेर नेपाली जनताले अनुभूति गर्न पाउनुपर्यो’, उनले भने,’शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, सडक, खानेपानी, विद्युत्का आवश्यकताहरु पूरा गरेर राजनीतिक परिवर्तनले खाली राजनीतिक अधिकार मात्र दिएको हैन हाम्रो जीवनस्तर नै बदलियो भन्ने स्थानमा जनतालाई पुर्याउनुपर्छ ।’

वर्तमान सरकार मुख्य चार वटा कार्यभार पूरा गर्न लागि परेको उल्लेख गर्दै उनले सार्वभौमिकताको रक्षा, राष्ट्रिय सुरक्षालाई सुदृढ, परिवर्तनको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए  ।

‘सामाजिक आर्थिक रुपान्तरणको कार्यभारलाई हर हालतमा पूरा गर्नुपर्नेछ । विकास र समृद्धि, त्यसलाई गुणात्मक फड्को पुर्याउने गरी सम्पूर्ण ध्यान विकास र समृद्धिमा केन्द्रित गर्नुछ । त्यो दिशामा सरकार लाग्छ’, उनले भने । सबै राजनीतिक पार्टीलाई आआफ्नो मतभिन्नता एक ठाउँमा राखेर राष्ट्रियता, राष्ट्रिय सुरक्षा र समृद्धिको मुद्दामा एकताबद्ध हुनुपर्छ भनेर सहमति र सहकार्यका निम्ति अपिल गरिरहेको उनले बताए ।

महावाणिज्यदूत दिनेशकुमार घिमिरेले महावाणिज्य दूतावासले लगानी, पर्यटन, व्यापार तथा निर्यात प्रवर्द्धन एवं कन्सुलर सेवालगायत नेपाल र नेपाली जनताको सर्वोत्तम हितका कार्य गर्दै आएको बताए । उनले महावाणिज्य दूतावासको कार्यक्षेत्र सिचुवान र कुइचो प्रान्त तथा छोङछिङ महानगरमा रहेको जानकारी दिए ।

सो अवसरमा उपप्रधानमन्त्रीले अध्ययन तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा छेन्दुमा रहेका नेपालीसँग अन्तरक्रिया गरेका थिए । दूतावासले उपप्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । दूतावास पुग्दा उपप्रधानमन्त्री श्रेष्ठलाई महावाणिज्यदूत घिमिरे र वाणिज्यजूत मनहरि दङ्गालले स्वागत गरेका थिए । समारोहमा छेन्दुमा रहेका नेपाली व्यवसायी तथा विद्यार्थीको बाक्लो उपस्थित रहेको थियो ।

Previous Post

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्वारा अक्षय कोषरु १ करोड रुपैयाँको स्थापना गर्ने

Next Post

ललिता निवास प्रकरणमा महानगरका अधिकृतसहित तीन जना पक्राउ

RelatedPosts

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
Next Post
ललिता निवास प्रकरणमा महानगरका अधिकृतसहित तीन जना पक्राउ

ललिता निवास प्रकरणमा महानगरका अधिकृतसहित तीन जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार