Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेदरल्यान्ड्समाथि बलर हाबी हुँदा नेपालको सहज जित

दोभानचौर खबर by दोभानचौर खबर
March 2, 2024
in खेलकुद खबर, समाचार
0
नेदरल्यान्ड्समाथि बलर हाबी हुँदा नेपालको सहज जित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको जारी त्रिकोणीय सिरिजको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

लिग चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलको सम्भावना बलियो बनाएको हो । आजको जितमा नेपाली बलरहरू नायक रहे। टस जितेर ब्याटिङको निर्णय गरेको नेदरल्यान्ड्समाथि नेपाली बलरहरू सुरुवातदेखि नै हाबी बने।

नेपालका तर्फबाट पहिलो ओभर बलिङमा आएका करन केसीले पहिलो ओभरमै नेदरल्यान्ड्सलाई दोहोरो झट्का दिएर ब्याकफूटमा धकेलेका थिए। उनले ओभरको चौथो बलमा माइकल लेभित र अन्तिम बलमा सिब्रन्ड एन्गेल्ब्रेच्टको विकेट लिए।

त्यसपछि नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र फ्याक्स ओडाउडले ८ ओभरसम्म सम्हालिएर खेलेका थिए। त्यसक्रममा उनीहरूले अर्धशतकीय साझेदारी गरे।

नवौं ओभर बलिङमा आएका प्रतिश जिसीले फेरी घातक रुप देखाए। उनले कप्तान एडवार्ड र ओडाउट दुबैलाई बोल्ड गरेर पेभेलियन फर्काइदिए।

१० औं ओभरमा कुशल मल्लले पनि नोह क्रोज र आर्यन दत्तको विकेट लिएर नेदरल्यान्ड्सलाई दोहोरो झट्का दिएपछि नेदरल्यान्ड्स सम्हालिन सकेन्।

त्यसपछि १५ औ ओभरमा प्रतिशले, १८ औं ओभरमा दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट निकाले निकाल्दा नेदरल्यान्ड्सका आठ विकेट पेभेलियन फकिए। अन्तिम दुई विकेट भने रनआउट भए। यसरी नेदरल्यान्ड्स १९ ओभर ३ बलमा अलआउट हुँदै १२० रनमा रोकियो। जसमा नेपालका बलरहरूमा प्रतिशले तीन, करन र कुशलले दुई/दुई, दीपेन्द्रले एक विकेट लिए।

नेदरल्यान्ड्सका तर्फबाट ओडाउटले ३१, भान डर गगटनले २४, भान डर मेर्वेले २३ कप्तान स्कट एडवार्डले १८ रनको बनाए।

१२१ रनको लक्ष्य लिई जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोलीले दुई विकेटको क्षतिमा २८ बल बाँकी रहँदै जित हात पार्‍यो। ब्याटिङमा नेपालका कप्तान रोहित पौडेलले ३४ बलमा ४६ रन, गुल्शन झाले ३६ बलमा ३८ रन, कुशल भुर्तेलले ८ बलमा १२ र आशिफ शेखले ८ बलमा ८ रनको योगदान दिए। नेदरल्यान्ड्सका भिभियन किंग्माले तीन र आर्यन दत्तले एक विकेट लिए। 

यो जितसँगै अंकतालिकामा नेपालको ४ अंक पुगेको छ। यसअघि दुई जित हात पारेको नेदरल्यान्ड्सको पनि समान ४ अंक छ।

एक खेल नेपालसँग जितेको नामिबियाको २ अंक छ। भोलि नामिबिया र नेदरल्यान्ड्सबीचको खेलले फाइनल खेल्ने दुई टिमको तय गर्नेछ। भोलिको खेलमा नेदरल्यान्ड्स जिते नेदरल्यान्ड्स र नेपालबीच फाइनल हुनेछ भने, नामिबिया जिते तीनवटै टिमको ४/४ अंक हुँदा नेटरनरेटका आधारमा फाइनलिस्ट चयन हुनेछन्।

Previous Post

बुद्धको ज्ञान देशव्यापी फैलाउन जागरण अभियान सञ्चालन गर्नुपर्छ: प्रधानमन्त्री

Next Post

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब सुरुवात

RelatedPosts

उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी
समाचार

मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी

April 23, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी
शिक्षा र स्वास्थ्य खबर

बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः तेह्र जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै

April 17, 2026
Next Post
साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब सुरुवात

साफ यु–१६ महिला च्याम्पियनसिप: नेपालको खराब सुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार